Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

मन्त्री क्वार्टर नजिकै यो विदीर्ण घटनाले सरकारको क्षमता देखायो


काठमाडौं उपत्यकामा आएको पछिल्लो बाढीले चार जनाको जीवनको त्रासदीलाई उजागर गर्यो, जसले गर्दा तीनै तहको सरकारको विपद् व्यवस्थापनप्रतिको उदासीनता र लापरवाहीको कडा आलोचना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय सरकारका विभिन्न निकायहरूको मिलेर सञ्चालन गरिने कामको वास्तविकता भनेको दशौँ करोडको बजेटको अनुगमन र प्रभावकारिताको कमीलाई स्पष्ट पारेको छ।

नखिपोटमा उद्धारका लागि पर्खिएका यी चार जनाको दुखद घटना सरकारको कामको क्षमतामाथि प्रश्न उठाएको छ । मन्त्री निवासको नजिकै भएको यो घटनाले देखाएको छ, राजधानीका प्रभावशाली निकायहरू बाढी जस्तो विपद् स्थितिमा कति संवेदनशील छन् ? उद्धारको लागि घण्टौँसम्म पर्खनु पर्ने अवस्था देखियो, जसले आम मानिसको जीवनको मूल्यलाई कति सस्तो ठान्छ भनेर सोच्न बाध्य बनायो।

बाढीले बगाएको यी चार जनाको मृत्युले सरकारको ूभगवान भरोसाूको मानसिकता मात्रले काम गर्दैन । यथार्थपरक र व्यावहारिक उपायहरूको खोजी गर्ने कुरामा कुनै सरकारले सिक्न आवश्यक ठानेन ।

काठमाडौं उपत्यकामा यो दुरावस्था छ भनेकाठमाडौं वाहिरको अवस्था कस्तो होला ?


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट