Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

हिजबुल्लाहका मुख्य नेता हसन नसरल्लाहलाई मारेको इजरायलको दाबी


इजरायलले लेबनानको सैन्य समूह हिजबुल्लाहका मुख्य नेता हसन नसरल्लाहलाई मारेको दाबी गरेको छ । गएराति लेबनानको बेरुतमा गरेको हवाई आक्रमणमा नसरल्लाहलाई मरेको इजरायली सेनाले जनाएको छ । हिजबुल्लाहका मुख्य नेता नै इजरायलको आक्रमणमा मारिएपछि मध्यपूर्वमा ठूलो युद्धको बादल मडारिएको बीबीसीले जनाएको छ ।

हिजबुल्लाहलाई सबैभन्दा ठूलो समर्थन इरानको रहेको छ । अब इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने र यी दुई देशबीच पूर्ण क्षमताको युद्ध भएमा मध्यपूर्व मात्र नभई विश्व नै युद्धमा धकेलिन सक्ने बीबीसीको विश्लेषणमा उल्लेख छ ।

हिजबुल्लाहलाई बेलायत, अमेरिका र अन्य केही देशले आतङ्कवादी सङ्गठन मान्दछन् । तर, लेबनानमा भने हिजबुल्लाह एक राजनीतिक दल पनि हो, लेबनानको संसदमा पनि यसको प्रतिनिधित्व छ । हिजबुल्लाह सरकारको एक भाग पनि हो । यो लेबनानी समाजको एक हिस्सा बनिसकेको छ ।

हिजबुल्लाहसँग इजरायलसम्म मार हान्न सक्ने ठूला क्षमताका मिसाइल पनि छन्, अहिलेसम्म ठूला मिसाइल नहानेको हिजबुल्लाहले अब इजरायलमा त्यस्ता मिसाइल प्रयोग गर्ने सम्भावना बढेको छ । हिजो संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अब हिजबुल्लाहलाई समाप्त नपारेसम्म युद्ध नरोकिने बताइसकेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट