आपतकालीन समन्वयात्मक बैठकका ६ निर्णय
काठमाडौं – लगातारको वर्षा र त्यसका कारण उत्पन्न विपदजन्य घटनाको बीचमा शनिबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ ।
अवरूद्ध सडक खुलाउने: बैठकले बाढी र पहिरोका कारण अवरुद्ध सडकहरूलाई तत्काल खुलाउने निर्णय गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिइएको छ ।
नोक्सानको मूल्यांकन: बाढी पहिरोका कारण भएका नोक्सानको मूल्यांकन गर्ने र मृतकहरूलाई क्षतिपूर्ति प्रदान गर्ने प्रबन्ध चाँडै गर्ने निर्णय गरिएको छ ।
श्रद्धाञ्जली: प्रकोपमा ज्यान गुमाउने व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
परीक्षा स्थगित: भारी वर्षाका कारण उत्पन्न समस्यालाई ध्यानमा राख्दै हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरिएको छ ।
घाइतेहरूको निःशुल्क उपचार: सरकारले सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।
सञ्चार र पानीको समस्या समाधान: अवरूद्ध रहेका टेलिफोन र बिजुलीका लाइनहरू सुचारू गर्न पहल गरिनेछ । खानेपानीका पाइपहरू भत्किएका कारण सम्बन्धित मन्त्रालयहरूले समन्वय गरेर समस्याहरू समाधान गर्ने निर्णय गरिएको छ ।
साथै, समस्यामा रहेका नागरिकहरूले प्रधानमन्त्री कार्यालयको हट लाइन, नेपाल प्रहरी, नेपाली सेना, एपिएफ र गृहमन्त्रालयको हट लाइनमा सम्पर्क गरी राहत र उद्धारका लागि अनुरोध गर्न सक्नेछन् । विपदमा उद्धारका लागि तीन वटै सुरक्षा निकायहरू तयारी अवस्थामा रहेका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया