Techie IT
Samayabaddha
शनिबार, १९ माघ, २०८१

इजरायलको अन्धाधुन्ध आक्रमणपछि लेबनानको अवस्था नाजुक बन्दै


विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले लेबनानमा चलिरहेको द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपत्कालीन अभियान सञ्चालन गरेको जनाएको छ ।

डब्ल्यूएफपीले विज्ञप्ति निकालेर देशभरका आश्रयस्थलहरूमा खाद्यान्न, रोटी, ताजा खाना र तयारी खानाका पोकाहरू वितरण गरिरहेको जनाएको हो । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको व्यापक बमबारीपछि अवस्था चिन्ताजनक रहेको छ । लेबनानका लागि डब्ल्यूएफपीका निर्देशक म्याथ्यु होलिङवर्थले अन्तर्राष्ट्रिय समुदायलाई १० करोड ५० लाख अमेरिकी डलर परिचालन गर्न आग्रह गरिएको पनि बताएका छन् ।

अस्ति इजरायलको आक्रमणमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । इरान समर्थित नेता नसरल्लाहको मृत्यु भएपछि अब इरान पनि युद्धमा जोडिन सक्ने भन्दै चौतर्फी डर छाएको खबरमा उल्लेख छ ।

यस्तै इजरायलले अहिलेसम्म लेबनानमा हवाई र मिसाइल आक्रमण गरेकोमा अब जमिनबाटै पनि आक्रमण गर्ने तयारी गरिरहेको छ । लेबनान प्रवेशका लागि इजरायलले सयौं ट्याङ्क र हजारौं हतियार तयारी अवस्थामा राखेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट