उमेर हदको विषयलाई लिएर अखिल क्रान्तिकारीको सम्मेलन तनावपूर्ण
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन तनावपूर्ण भएको छ । काठमाडौँको कीर्तिपुरमा गत असोज १० गतेदेखि सुरु भएको सम्मेलनमा सोमबार उमेर हदको विषयमा विवाद सुरु भएपछि स्थिति तनावपूर्ण बनेको हो ।
विद्यार्थीको नेतृत्व गर्न २८, ३० र ३२ वर्षको उमेर हदबन्दीबारे दुई पक्षबीच विवाद बढ्दै जाँदा सम्मेलनस्थलमा कुर्ची हानाहानकै अवस्था सिर्जना भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।
ती प्रतिनिधिका अनुसार, दुई पक्षबीचको झडपका कारण अहिले सम्मेलनस्थलको अवस्था तनावपूर्ण बनेको छ ।
अखिल क्रान्तिकारीको सम्मेलन वर्षा र बाढीपहिरोले मुलुक आक्रान्त भएपछि केही दिनको लागि स्थगित भएको थियो । सम्मेलनका अरु प्रक्रिया पूरा भए पनि निर्वाचन प्रक्रिया भने अझै सुरु भएको छैन ।
सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका थिए । उद्घाटनमा अध्यक्ष प्रचण्डले नेतृत्व चयनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने दाबी गरेका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया