Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

प्रचण्डको प्रतिष्ठाको विषय बन्यो विद्यार्थी सम्मेलन : शक्ति र जुक्ति लगाउँदै


काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र हाल अखिल (क्रान्तिकारी) को नेतृत्व चयनको विषयलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माको समूहबीच तीव्र अन्तरद्वन्द्व देखिएको छ, जसका कारण अखिल (क्रान्तिकारी) मा नयाँ नेतृत्व चयनमा सहमति जुट्न नसकेको हो ।

प्रचण्डले विद्यार्थी सम्मेलनलाई आफ्नो प्रतिष्ठासँग जोडेर महत्व दिएकाले पार्टीभित्रकाे सत्ता संघर्ष  स्पष्ट देखिन्छ । उनले माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा आफ्नो पकडलाई बलियो बनाउन चाहेका छन्, तर पार्टीभित्रको आन्तरिक खिचातानीका कारण यो प्रयासले चुनौती सामना गरिरहेको छ । विशेषगरी जनार्दन शर्मा निकट पक्षलाई अध्यक्ष बनाउन नदिन उनले निकै जुक्ति लगाइरहेका छन्, त्यो फलामको च्युरा चपाउनु सरह भएको छ ।

प्रचण्डले विद्यार्थी सम्मेलनलाई आफ्नो प्रतिष्ठासँग जोडेर महत्व दिएकाले पार्टीभित्रकाे सत्ता संघर्ष  स्पष्ट देखिन्छ । उनले माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा आफ्नो पकडलाई बलियो बनाउन चाहेका थिए तर पार्टीभित्रको आन्तरिक खिचातानीका कारण यो प्रयासले चुनौती सामना गरिरहेको छ । विशेषगरी जनार्दन शर्मा निकट पक्षलाई अध्यक्ष बनाउन नदिन उनले निकै जुक्ति लगाइरहेका छन्, त्यो फलामको च्युरा चपाउनु सरह भएको छ ।

प्रचण्डको उद्देश्य आफ्नो पकड बलियो बनाउँदै पार्टीको प्रमुख पदहरूमा आफ्नो समर्थकहरूलाई राख्ने थियो । जनार्दन शर्मा जस्ता नेता, जो पार्टीभित्र शक्तिशाली बन्दै गएका छन्,  उनको यो रणनीतिको विरोधमा उभिइरहेका छन् । शर्मा निकट विद्यार्थी नेतालाई कुनै हालतमा अध्यक्ष बनाउन नदिने प्रचण्डको प्रयास सफल नहुने भएपछि उनले आफ्नो प्रतिष्ठालाई जोगाउन विभिन्न हतकण्डा अपनाइरहेका छन् । पार्टी र वहुमत विद्यार्थीले टुंग्याएर पठाएका कतिपय जिल्लाका विद्यार्थी प्रतिनिधिलाई समेत आफ्ना निकट उपमहासचिव शक्ति बस्नेतलाई लगाएर फेरबदल गराएका छन् ।

प्रचण्डको नेतृत्वमा रहेका पार्टीका अन्य वरिष्ठ नेताहरूले पनि विद्यार्थी सम्मेलनलाई शक्ति प्रदर्शनको एउटा अवसरका रूपमा हेरेका थिए । विद्यार्थी संगठनको नेतृत्व माओवादी आन्दोलनको जरो भएकोले, त्यसको नियन्त्रण गर्ने मुख्य प्रतिस्पर्धामा प्रचण्ड र शर्माबीचको द्वन्द्व चर्किएको छ ।

यस प्रतिस्पर्धामा प्रचण्डले आफ्नो राजनीतिक भविष्य र पार्टीभित्रको प्रतिष्ठा दाउमा राखेका छन् । तर, जनार्दन शर्मा पक्षले प्रचण्डको योजना असफल बनाउने सम्भावना देखेपछि प्रचण्डले विभिन्न रणनीतिहरू प्रयोग गरेका छन् । यो घटनाक्रमले माओवादी केन्द्रभित्रको आन्तरिक विवाद र सत्ता संघर्षलाई स्पष्ट पार्छ, जसले पार्टीको एकता र भविष्यमा गहिरो प्रभाव पार्न सक्छ ।

प्रचण्डको चाहना स्पष्ट रूपमा आफ्ना निकटस्थ व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनु रहेको छ, जसका लागि उनले विभिन्न उम्मेदवारलाई अघि सारे । प्रारम्भमा उनले दीपेश पुनलाई नेतृत्वको पहिलो विकल्पका रूपमा राखे तर सहकारी र सुनकाण्डका विवादमा मुछिएका कारण पुनको नाम अघि बढाउन गाह्रो भयो । प्रचण्डका निकटस्थ नेताहरू वर्षमान पुन र शक्ति बस्नेतको समर्थनले पनि पुनको छवि सुधार्न सकेन । प्रचण्डले आफूले अघि सारेको सुशासनको नारा पनि धुमिल हुने खतरा बढेको महसुस गरेपछि दीपेश पुनलाई अध्यक्ष बनाउने योजना असफल बन्ने भयो ।

यसपछि प्रचण्डले पवन कार्कीलाई अध्यक्षको उम्मेदवारका रूपमा अघि सारे तर कार्कीले लामो समयसम्म विद्यार्थीमा समानान्तर गतिविधिमा संलग्न रहँदै आएका कारण उनमा पनि सहमतिका सम्भावना कम देखियो । पार्टीका अन्य प्रभावशाली नेताहरू, जस्तै नारायणकाजी श्रेष्ठ समूहलाई सन्तुलनमा राख्न कार्कीलाई अघि सारिएको थियो तर अन्ततः यो प्रयास पनि असफल भयो । यसक्रममा, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल र भाइ राष्ट्रियसभामा अध्यक्ष नारायण दाहालले पुनलाई अघि बढाउन निरन्तर लबिङ गरिरहे, गरिरहेका छन् ।

यस विवादले पार्टीभित्र गम्भीर असहमति उत्पन्न गराएको छ । प्रचण्डले अन्ततः विद्यार्थीमा बौद्धिक, योजनाकार र इमानदार छविका नरेश रेग्मीलाई पनि अघि सार्ने प्रयास गरे । यसो गर्दा पम्फा भुसाल र देव गुरूङलाई सन्तुलनमा राख्ने अध्यक्ष प्रचण्डको योजना थियो । तर, सहमतिको सम्भावना त्यति बलियो देखिएन । अध्यक्ष प्रचण्डको मुख्य लक्ष्य भने जनार्दन शर्मा समूहलाई कमजोर पार्ने नै रहेको छ । शर्माका निकट नारायण खनालजस्ता लोकप्रिय विद्यार्थी नेताहरूको नाम नै सहमतिको क्रममा अघि नबढाइनुले पनि प्रचण्डको प्राथमिकता स्पष्ट हुन्छ ।

जनार्दन शर्मा निकट नेतालाई हराउने योजनामा प्रचण्ड पक्षले तुकमान महरालाई विभिन्न काण्डमा विवादित दीपेश पुनको डमी उम्मेदवारका रूपमा अघि सार्ने प्रयास गर्यो । तुकमान महरा लुम्बिनीका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्, र जोखबहादुर प्रचण्डका लामो समय स्वकीय सचिवसमेत थिए । तुकमानलाई उक्साएर विभिन्न विवादहरू सिर्जना गरियो, जस्तै सम्मेलनमा खुकुरी प्रदर्शन र उमेर हदको विषयमा उठाइएको विवाद ।

पार्टीभित्रको यो द्वन्द्वले माओवादी केन्द्रको आन्तरिक राजनीतिमा गहिरो प्रभाव पारेको छ । जनार्दन शर्मा पक्षले विद्यार्थी अध्यक्ष जितेमा नैतिक प्रश्नहरू उठ्ने सम्भावनालाई अध्यक्ष प्रचण्डले गम्भीर रूपमा लिएका छन् । अध्यक्ष प्रचण्ड आफ्ना पक्षलाई जिताउन र नजिते भाँड्न शक्ति बस्नेतलाई जिम्मेवारी दिएका छन् । सिन्धुली लगायत जिल्लामा विद्यार्थीको वहुमत र सिन्धुली जिल्ला पार्टीले आधिकारिक मानेकालाई उल्टाउनेदेखि देशैभरि विवादित काम गरेका छन् ।

आफ्नो प्रतिकूल परिणामहरूबाट अध्यक्ष प्रचण्ड डराएका छन् र अखिल ९क्रान्तिकारी० को नेतृत्व चयन प्रक्रियामा अल्मल्याउन मुख्य भूमिका खेलिरहेका छन् । समग्रमा, प्रचण्डले विद्यार्थी सम्मेलनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर सम्पूर्ण शक्ति र जुक्ति लगाएका भए पनि अन्ततः उनको प्रयासलाई जनार्दन शर्मा पक्षले चुनौती दिएका कारण अप्ठ्यारोमा परेका छन् ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट