Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

बाढी पीडितहरुलाई १० लाख आर्थिक सहयोग दिन माओवादी केन्द्र दक्षिण एसिया संगठन समितिको माग


काठमाडौं । माओवादी केन्द्र दक्षिण एसिया संगठन समितिले बाढी पीडितहरुलाई तत्कार उद्धार, राहत र पुनर्स्थापना गर्न माग गरेको छ ।

इन्चार्ज लक्ष्मण पन्तद्वारा एक विज्ञप्ति निकाल्दै अविरल बर्षासँगै आएको बाढी, पहिरो र डुवानका घटनाहरुबाट २९ जना बेपत्ता र १४२ जना घाइते भएका साथै हजारौंका नागरिकहरु वेघरबार भएको बताउँदै माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको तर्फबाट घाइतहरुको शिघ्र स्वास्थलाभको कामना समेत गरेको छ ।

समितिले राष्ट्रिय विपत्ति र शोकको घडीमा हाम्रो संगठन सिंगो देश र जनाताप्रति ऐकवक्यता प्रकट गरेको छ ।

संकटको घडीमा प्रधानमन्त्ती विदेश भ्रमणमा रमाउनु र उद्धारको काममा लापर्वाही देखिनु अत्यन्तै खेदजनक बताएको छ । संगठन समितिले तत्काल क्षतिग्रस्त सडक, पुल, भौतिक संरचनाहरु मर्मत गरी यातायात सुचारु गर्न, वेघरबाट परिवारहरुलाई तत्काल अस्थायी आवासको ब्यवस्था गर्न र विस्थापित परिवारलाई सरकारका तर्फबाट १० लाख आर्थिक सहयोगको प्याकेज प्रदान गर्न माग गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट