Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालको लागि स्थगित


काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अनिश्चितकालको लागि स्थगित भएको छ । विवादको टुङ्गो लगाउने जिम्मा पाएका उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा बसेको बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । सम्मेलन हलमा खुकुरी प्रदर्शनदेखि कुर्सी हानाहानसम्मको उत्कर्षमा पुगेको विद्यार्थी सम्मेलन नेतृत्व चयन नगरी अनिश्चितकालसम्म स्थगित गर्नु परेको हो ।

उमेर हदको कारण उत्पन्न विवाद कुनै निश्कर्षमा पुग्न सकेन । पार्टी उपमहासचिव शक्ति बस्नेतलाई विवादको टुङ्गो लगाउने जिम्मा अध्यक्ष प्रचण्डले दिए पनि उनले विवाद टुङ्ग्याउन पूर्णत: असफल भए ।

आजको पार्टीको पदाधिकारी बैठकमा शक्ति बस्नेतले विद्यार्थी नेतृत्वमा नवमण्डले, भिजिलान्ते संस्कृति हावी भएकाले यसकाे पुनर्गठन नगरे शैक्षिक र कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने ठोकुवा गरेका थिए । उनले शैक्षिक र वामपन्थी आन्दोलन अगाडि बढाउने हाे भने अहिलेकाे विद्यार्थी संगठन विघटन गर्नुपर्ने बस्नेतकाे निश्कर्ष छ ।

यो पनि पढ्नुहोस :

अखिल क्रान्तिकारीको नेतृत्वमा नवमण्डले सोंच हावी भएको शक्ति बस्नेतको ठहर

प्रचण्डको प्रतिष्ठाको विषय बन्यो विद्यार्थी सम्मेलन : शक्ति र जुक्ति लगाउँदै

उमेर हदको विषयलाई लिएर अखिल क्रान्तिकारीको सम्मेलन तनावपूर्ण


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट