Techie IT
Samayabaddha
शनिबार, १९ माघ, २०८१

अमेरिकामा ‘हेलेन’ आँधी : मृतकको सङ्ख्या २ सय पुग्यो


काठमाडौं । अमेरिकामा ‘हेलेन’ नामको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय जना पुगेको छ । पहिरोमा पुरिएर हराएकाहरू झन्डै सय जनाको अझै खोजी भइरहेको उद्धारकर्ताहरूले बताएका छन् ।

ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका बीबीसीले जनाएको छ । त्यहाँ सन् २००५ मा आएको ‘कट्रिना’ नामको विनाशकारी र घातक आँधीपछि अहिलेको ‘हेलेन’ आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको समाचारमा उल्लेख छ । आँधीका कारण विभिन्न ठाउँमा पहिरो गएपछि झन्डै १० लाख मानिस बिजुली र पानीविहीन भएका छन् ।

मृतकको सङ्ख्या बढ्दै गएपछि राष्ट्रपति जो बाइडेनले हिजो फ्लोरिडा र जर्जिया भ्रमण गरेका छन् । गएको हप्ता आएको आँधीका कारण निम्तिएको बाढी तथा पहिरोबाट प्रभावितहरूलाई राष्ट्रपति बाइडेनले उनीहरूको पुनर्स्थाना नभएसम्म सरकारले सहयोग गरिरहने बताएका छन् । उनले फ्लोरिडा, जर्जिया, उत्तरी र दक्षिणी क्यारोलिना र भर्जिनियामा प्रकोप सहायता पनि स्वीकृत गरेका छन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट