इरानमाथि इजरायली आक्रमणको डरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ महँगियो
इजरायल र इरानको तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल उद्योगमा इजरायलको सम्भावित आक्रमणबारे अमेरिकाले छलफल गरिरहेको बताएपछि तेलको भाउ बढेको बीबीसीले जनाएको छ ।
इरानको तेल केन्द्रमा आक्रमण गर्न इजरायललाई समर्थन गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा बाइडेनले आफूहरूले त्यसमा छलफल गरिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।
इरान विश्वको सातौं ठूलो तेल उत्पादक देश हो जसले आफ्नो उत्पादनको आधा विदेश निर्यात गर्छ र धेरै चीनतर्फ जाने गरेको छ ।
इरानले सोमवार इजरायलमा मिसाइल आक्रमण गरेपछि कच्चा तेलको भाउ १० प्रतिशतले बढेर प्रति ब्यारेल ७७ अमेरिकी डलर पुगेको छ । यद्यपि यो भाउ यस वर्षको शुरूमा देखिएको स्तरभन्दा तल रहेको खबरमा उल्लेख छ ।
यस वर्ष अहिलेसम्म चीनबाट कम माग रसाउदी अरबबाट पर्याप्त आपूर्तिले तेलको भाउलाई नियन्त्रण गर्न काम गरेको छ । रुस–युक्रेन युद्ध शुरू भएपछि विश्व एलएनजी ट्याङ्कहरूमा पठाइएका फ्रोजन ग्यासमा बढी निर्भर रहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ
प्रतिक्रिया