काठमाडौंमा दशैँका लागि पर्याप्त खसी,च्याङ्ग्राको ब्यवस्था
काठमाडौं । दशैँका लागि काठमाडौंमा खसी, च्याङ्ग्राको मासुको कमी हुन नदिने व्यवसायीले बताएका छन् । विपद्का कारण दशैँमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता रहेको बेला कलङ्की खसी बजार व्यवस्थापन समितिले काठमाण्डौ उपत्यकामा विगत झैँ यसवर्ष पनि मासुको कमी हुन नदिने बताएको हो ।
कलङ्की खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले यसवर्ष पनि उपभोक्ताको माग पूरा गर्ने दाबी गरे । उनका अनुसार काठमाण्डौ उपत्यकामा मासुको व्यवस्थापन गर्न ३५/४० वटा जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया