Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

बाढी,पहिरोका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण गर्न माओवादी केन्द्रद्वारा सरकारलाई ध्यानाकर्षण


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले ध्यानाकर्षण गराएको हो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वतयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिए । माओवादी केन्द्रले विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको स्पष्ट गरेको छ ।

प्रधानमन्त्री ओलीले विपद्का न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताए ।

सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी थिए ।

 

 

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट