Techie IT
Samayabaddha
शनिबार, २७ पुस, २०८१

झाँगाझोलीमा बढ्याे पर्यटकको चहल पहल, बडा दशैँ नजिकिएसँगै आन्तरिक पर्यटकको भीड


तनहुँ । शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली रिर्सोट सञ्चालनमा ल्याएसँगै याे क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कुनै समयमा सिउसाँझै स्याल कराउने तथा मानिस एक्लै हिड्डुल गर्न डराउने झाँगाझोलीमा रिर्सोट सञ्चालनमा ल्याएसँगै पर्यटककाे चहलपहल बढेकाे हाे । नेपालीहरुको महान पर्व बडा दशैँ नजिकिएसँगै आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । साँझको समयमा पर्यटकहरुको चहलपहलमा बृद्वि हुन थालेको झाँगाझोलीका सञ्चालक शंकरप्रसाद अधिकारीले जानकारी दिए ।

रातको समयमा देखिने आकर्षक किसिमको गौरादेवी नेचुरल पार्कको अवलोकन गर्न पर्यटकलाई लठ्ठ बनाउने गरेको अधिकारीकाे दाबी छ । एक पटक आएका पर्यटकलाई पुनः आउने गरेकाे आउँ बनाउने गरेको  छ ।

पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । रिसोर्ट करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा तीन जना संचालकको लगानी रहेको छ ।

दसैंका कारण विद्यालय बिदा भएसंगै व्यवस्थित चिल्ड्रेन पार्ककमा रमाउन बालबालिकाहरुको पनि उत्तिकै घुँइचो लाग्ने गरेको छ, उनले भने, ‘रातको दृश्यवलोकनका लागि मानिसहरुको आकर्षण बढ्ने गरेको छ ।’

https://satyaaawaaj.com/assets/img/post/1728306863-aBdQa.jpg

झाँगाझोलीले ग्राहकको मागलाई मध्यनजर गर्दै तन्दुरी कर्नर समेत संचालनमा ल्याइसकेको जनाएको छ । साँझ १० बजेसम्म पर्यटकहरु यहाँको मनोरम दृश्यमा रम्ने गरेका छन् । बिशेष गरी जिल्लाको ऋषिङ, घिरिङ, भीमाद, म्याग्दे शुक्ला स्याङजा, पोखरा कोलाहल भएकाले शान्त वातावरणको लागि आउने गरेका छन् ।

अहिले दिनमा ३ सयसम्म पर्यटकहरु घुम्न आउने गरेका छन् । पाहुनाका लागि पारिवारिक वातावरणको व्यवस्थामा सेवा प्रवाह गर्ने गरिएकाले यसको सकारात्मक प्रभाव ग्राहकवर्गमा परेकाले चहलपहलमा बृद्वि हुदै गएको छ ।

झाँगाझोलीले पर्यटनसंगै नमुना अर्गाानिक तरकारी खेती समेत सुरु गरेको छ । करिब ५ रोपनी क्षेत्रफलमा तरकारी खेती थालिएको अर्का संचालक उज्वल पौडेलले जानकारी दिए । उनका अनुसार यस क्षेत्रलाई घुम्न लायक स्थलको रुपमा विकास गर्न लागिएको हो । एकिकृत नमुना कृषितर्फ च्याउ र मौरी जडिबुटीको  खेती थालिएको छ ।

बिहान उठेपछि हरियाली जंगलको मनमोहक दृश्य र खोलाको कलकल आवाजले पर्यटकहरु आनन्द लिने गरेका छन् । झाँगाझोलीमा एसीसहितको अत्याधुनिक व्यवस्थासहितका दश वटा कोठा रहेका छन् । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित तीन खोले मन्दिरमा जाने भक्तजन र पर्यटकहरु पनि यस झाँगाझोलीमा आउने गरेका छन् ।

नेपाल सरकारले पृथ्वीराजमार्गमा पर्ने खैरेनीटारदेखि झाँगाझोली चोकसम्म सडक कालोपत्रेका लागि सडक विभागले रु. १ करोड बजेट बिनियोजन पश्चात ठेक्का सम्झौता भइसकेको छ ।

त्यसैगरी भवन विभागले झाँगाझोलीबाट दरगाउँ सडक खण्डमा कालोपत्रे गर्नका लागि रु.५० लाख बजेट बिनियोजन गरेको छ । विकास निर्माण कार्यले तीब्र गति लिइरहेकाले यस क्षेत्रको भविष्य उज्वल देखिएको स्थानीयबासी बताउँछन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट