Techie IT
Samayabaddha
शुक्रबार, ११ माघ, २०८१

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । बंगलादेशको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जुलाईदेखि अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरिएको हो।

बिहीबार न्यायाधिकरणका अध्यक्ष मो। गुलाम मुर्तजाको अध्यक्षताको इजलासले यस्तो आदेश दिएको हो । पछि न्यायाधिकरणका प्रमुख सरकारी वकिल ताजुल इस्लामले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।

इन्टरनेशनल क्रिमिनल ट्रिब्युनल (आईसीटीओ) ले शेख हसिना र ओबैदुल कादरसहित ४६ जनाविरुद्ध दुई छुट्टाछुट्टै निवेदनको सन्दर्भमा पक्राउ पुर्जी जारी गरेको हो। उनलाई नोभेम्बर १८ अघि न्यायाधिकरणमा उपस्थित हुन आदेश दिइएको छ ।

विद्यार्थी आन्दोलन र आन्दोलनका कारण गत अगस्ट ५ मा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारतमै बस्दै आएकी छिन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट