Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

शेयर बजारमा गिरावट, कारोबार ८ अर्ब १८ करोड


काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ४७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ९१ विन्दुमा झरेको छ ।

आज १८ वटा कम्पनीको मूल्य बढ्दा दुई सय २६ वटाको घटेको छ । आज सबैजसो उपसमूहको सूचक घटेको हो । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक चार प्रतिशतले घटेको छ ।

गएको बिहीबार सात अर्ब १९ करोड बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेको छ । आज कुल दुई करोड आठ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा आठ अर्ब १८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट