लगातार पाँच दिनदेखि सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । पाँच दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा नयाँ रेकर्ड बनाउँदै गएको छ । दसैँपछि खुलेको सुनचाँदी बजारले तेस्रो दिनदेखि नै नयाँ रेकर्ड बनाएकोमा आजसम्म पनि यसले निरन्तरता पाएको हो ।
सोमबार प्रतितोला सुनको मूल्य ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबार १ लाख ६५ हजार रुपैयाँ रहको थियो । त्यसभन्दा अघिल्ला दिनहरुमा यो मूल्य क्रमशः १ लाख ६४ हजार ४००, १ लाख ६२ हजार ४०० र १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया