Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति, अदालतको निर्णयले पोखरामा तनाव


काठमाडौं। सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले ६ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो।

हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई प्रहरीले बयानका लागि रुपन्देही समेत लैजाने तयारी गरेको छ।

अदालतको निर्णयले पोखरामा तनाव

लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दिएको अनुमतिपछि पोखरामा तनावपूर्ण स्थिति सिर्जना भएको छ । रास्वपाका कार्यकर्ताले अदालतको निर्णय विरुद्ध निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रेपछि प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेको छ ।

बिहीबार कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताकार्यकर्ताहरू निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका हुन् ।

वाई चोकमा प्रदर्शन गरिरहेका उनीहरू अदालतको निर्णयपछि निषेधित क्षेत्र तोडेर राष्ट्र बैंक चोकमा नाराबाजीमा उत्रिएका हुन् । त्यस क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट