Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

शेयरबजारमा हरियाली छाउँदा नेप्से २६ सय ९२ विन्दुमा, शेयर कारोबार पनि बढ्यो


काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन निफ्रा ऊर्जा ऋणपत्रको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३४ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको २४ करोड रुपैयाँको शेयर किनबेच भयो ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट