Techie IT
Samayabaddha
बिहीबार, १० माघ, २०८१

रवि लामिछानेलाई तिहारपछि रुपन्देही लैजाने तयारी


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज (मंगलबार) भएन । सोमबार करिब साढे ८ घण्टा बयान लिएको प्रहरीले मंगलबार स्थगित गरेको हो ।

सोमबार उनलाई सरकारी वकिलको कार्यालयबाटै बयान लिइएको थियो । कात्तिक २ गते पक्राउ परेका उनलाई दोस्रो पटक म्याद थपिएको छ ।

यसैबिच, उनलाई रुपन्देही भने तिहार पछि मात्रै लैजाने बुझिएको छ । रुपन्देही जिल्ला अदालतबाट उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

तिहार बिदा सुरु हुन लागेकाले रुपन्देही लगेपनि अदालत पेस गर्ने अवस्था नहुने भएपछि तिहारपछि मात्रै लैजान लागिएको प्रहरीले जनाएको छ । ‘बिहीबारदेखि तिहार बिदा सुरु हुन्छ । लगेर पनि काम भएन,’ प्रहरी स्रोत भन्छ,‘अब तिहारपछि नै होला ।’


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट