आज काग तिहार मनाइँदै
काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइँदैछ ।
बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
कागलाई सन्देशवाहकका रुपमा लिइन्छ । यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । त्यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको पूजा गरिन्छ ।
यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको हो ।
काग बुद्धिमान चरा हो । १२० भन्दा बढी प्रकारका चराको प्रजातिमा काग सबैभन्दा चतुर हुन्छ । काग चराको कर्भिड्स परिवारमा पर्छ । यो परिवारमा कागबाहेक पनि अन्य कयौं चरा छन् । यसमा पनि एक औंसको पुड्के जे देखि मेक्सिकोमा मात्रै पाइने सानो चरा र ३ पाउन्ड तौल भएको साधारण कौआसम्म पर्दछ । समग्रमा कोर्भिड निकै चलाख हुन्छन् ।
आकारको अनुपातमा कोर्भिडमा मष्तिस्कको आकार हुन्छ । खागरी, काग कौआ यसमै पर्दछन् । मस्तिष्क र शरीरको आकारको अनुपात यसमा चराको होइन बाँदरको जत्रो हुन्छ । करेन्ट बायोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार कागको मस्तिष्क तुलनात्मक रुपमा चिम्पान्जीको जत्रै हुन्छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया