Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

माओवादीको खबरदारीसभा : भ्रष्टाचार र सरकारको लापरवाहीविरुद्धको जनसङ्केत


खबरदारी सभामा सहभागी हाँडीगाउँ काठमाडौंका रमेश प्रजापति र कीर्तिपुरका सानुकान्छा श्रेष्ठ जस्ता कार्यकर्ताले पनि माओवादी केन्द्रलाई तत्काल सरकारमा जानबाट रोक्नुपर्ने प्रतिक्रिया दिएका थिए । पुरानो नैकापका दलजीत सार्कीले त यसरी हामी जस्ता भुइँमान्छेलाई आन्दोलनमा ल्याएर सरकारमा जाने भर्‍याङ बनाइयो भने यो आन्दोलन माओवादीको पक्षमा आफ्नो तर्फबाट अन्तिम हुने बताउँदै भने, “कमसेकम आगामी आमनिर्वाचनसम्म माओवादी केन्द्र सरकारमा जानु हुँदैन र फेरि कुनै वहानामा भ्रष्ट भनेर भनिएका नेताहरुलाई काँध थापियो भने माओवादी उठ्नै सक्तैन ।”

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले राजधानी काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गरेर सरकारका विकृतिहरूको विरुद्धमा सशक्त आवाज उठाएको छ । हजारौं जनताको सहभागिता भएको यस सभामा पार्टीका नेताहरूले वर्तमान सरकारलाई भ्रष्टाचार र जनविरोधी कदम चालेको भन्दै जनताको हितको पक्षमा माओवादीको सकारात्मक भूमिका स्थापित भएको बताए ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनहितका लागि माओवादी नेतृत्वको अघिल्लो सरकारले गरेका कामहरूको प्रसंसा गर्दै सरकारको लापरवाही र भ्रष्टाचारको विरोधमा सशक्त सन्देश दिएका थिए । प्रचण्डले भने, “यदि सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भविष्यमा दुष्परिणाम भोग्नुपर्छ ।”

माओवादी अध्यक्ष प्रचण्डले सरकारको उद्देश्य भ्रष्टाचारलाई बचाउनु भएको दाबी गर्दै भने, “सरकार सुशासनविरुद्ध बन्यो र भ्रष्टाचारीलाई बचाउनका लागि काम गरिरहेको छ ।” सत्तापक्षका दलहरूले माओवादीको खबरदारीलाई सरकार ढाल्ने प्रयासको रूपमा व्याख्या गरेको प्रतिवाद गर्दै प्रचण्डले भने, “हाम्रो लक्ष्य सरकारको तत्काल विकल्प खोज्नु होइन, तर जनताको पक्षमा काम गर्ने हो ।”
खबरदारी सभामा सहभागी हाँडीगाउँ काठमाडौंका रमेश प्रजापति र कीर्तिपुरका सानुकान्छा श्रेष्ठ जस्ता कार्यकर्ताले पनि माओवादी केन्द्रलाई तत्काल सरकारमा जानबाट रोक्नुपर्ने प्रतिक्रिया दिएका थिए । पुरानो नैकापका दलजीत सार्कीले त यसरी हामी जस्ता भुइँमान्छेलाई आन्दोलनमा ल्याएर सरकारमा जाने भ¥याङ बनाइयो भने यो आन्दोलन माओवादीको पक्षमा आफ्नो तर्फबाट अन्तिम हुने बताउँदै भने, “कमसेकम आगामी आमनिर्वाचनसम्म माओवादी केन्द्र सरकारमा जानु हुँदैन र फेरि कुनै वहानामा भ्रष्ट भनेर भनिएका नेताहरुलाई काँध थापियो भने माओवादी उठ्नै सक्तैन ।”

माओवादी केन्द्रले कांग्रेस र एमालेसँग भविष्य सत्ता सहकार्य नगर्ने प्रतिबद्धता जनाउँदै पार्टीले अब जनताको पक्षमा फर्किनुको आवश्यकता रहेको बताएको छ । यस्ता खबरदारी सभाहरूले जनआन्दोलन र सशक्तीकरणको आवश्यकता दर्शाउने प्रमुख संकेत दिएको छ र माओवादीले २०८४ सालसम्म सरकारमा नजाने प्रतिबद्धता गर्नुपर्ने आवाज पनि उठेको छ ।

यसरी माओवादी केन्द्रले भ्रष्टाचार र जनविरोधी कदमका विरुद्ध सडकमा जनतासँगै रहने यस सभामा प्रतिवद्धता जनाएको छ ।
रास्वपाको सुशासनमा प्रश्नचिह्न, सरकारको दुर्नियत राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई सरकारी अपचलनको मुद्दामा बचाउनका लागि गरेको आन्दोलनले स्पष्ट संकेत गर्छ कि यसले सुशासनमा आफ्नो भूमिका निरन्तर निभाउन सक्दैन ।

नेपालमा चलिरहेका सहकारी अपचलनका मुद्दामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेलसँगको सम्बन्धले सरकारको रवैयामा असंगतिका चिह्न फेला परेको छ । जबकि रवि लामिछानेको मुद्दा जसरी धनराज र ऋषिकेश पोखरेलको सन्दर्भमा सरकारले कदम नचालेको कुराले सरकारमा रहने नेताहरुको नियतमा प्रश्न उठिरहेको छ ।


क्याटेगोरी : जनमञ्च, राजनीति

प्रतिक्रिया


ताजा अपडेट