Techie IT
Samayabaddha
बुधबार, ९ माघ, २०८१

आजको मौसम : केही ठाउँमा हल्का वर्षाको सम्भावना


काठमाडौं । आज देशका केही ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज मौसम बदली भएको छ । साथै भोलि भाइटीकाको दिन पनि थप बदली र हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि कोशी प्रदेशको पहाडी भागका एकरदुई ठाउँ तथा तराईका केही भाग, बागमती र गण्डकी प्रदेशका पहाडी केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज काठमाडौं उपत्यकामा पनि मौसम बदली भएको छ । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । आज र भोलि उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच देशैभर चिसो बढ्न थालेको छ । यसैहप्तादेखि चिसो थप बढ्ने मौसमविद्ले बताएका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नोभेम्बर ९ तारिखपछि तीन डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्न सक्ने बताए । चिसोका कारण दम, रुघाखोकी, ज्वरोलगायतका समस्या हुने भएकाले आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्यविद्ले सुझाव दिएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट