Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

पोखरामा रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज म्याद थपको लागि अदालत लगेपछि रास्वपाले गरेको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ।
वाइचोकबाट निषेधित क्षेत्र तोकिएको शहिदचोक जान खोजेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो। थपिएको म्याद कात्तिक १४ गते बुधवार सकिएको थियो। तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ। र उनलाई आज म्याद थपका लागि अदालत पेश गरिएको छ।

सभापति पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् आज लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउनेबेला बाहिर उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन्।

रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतलाई मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट