Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

प्रधानमन्त्री केपी ओली बिरामी, बालुवाटारमा आराम गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । हिजो दिउँसोदेखि ओलीलाई हलुका ज्वरो आएको र अफ्ठेरो महसूस भइरहेको उनको सचिवालयले जनाएको छ ।

ओलीको रगत परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । उनले अहिले सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन्।

आज प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको सचिवालयले जनाएको छ । उनलाई थप अफ्ठेरो भएमा अस्पताल भर्ना गर्ने तयारी छ ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट