Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘किसान सरल कर्जा’को शुभारम्भ


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक(आरविवि)ले किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ । बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको हो । दश लाख रकम भित्र एक लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्ड समेत लिन सकिने बैंकले जनाएको छ ।

कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९९संशोधन सहित० अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालु पुँजी दुवै प्रकृतिको हुने बैंकले जनाएको छ ।

यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । आधार दरमा ०।५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने जनाइएको छ ।

ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रूपमा रहने छ भने आवश्यकता अनुसार घररजग्गा समेत धितो सुरक्षणको रूपमा स्वीकार गर्न सकिने छ भने कर्जाको बिमा गरिने बैंकले जनाएको छ । बैंकको देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट किसान सरल कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट