Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

इलन मस्क रिपब्लिकनका ‘नयाँ स्टार’ : डोनाल्ड ट्रम्प


अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबैभन्दा धनी एलन मस्कलाई रिपब्लिकनका ‘नयाँ स्टार’ भएको बताएका छन् । उनले एलन मस्कलाई ‘अद्भुत व्यक्ति’ हामीसँग धेरै नभएको पनि दावी गरेका छन् ।

अमेरिकी राष्ट्रपतिमा जित निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । सम्बोधनका क्रममा ट्रम्पलाई समर्थकहरुले अर्बपति इलन मस्कबारे बोल्न आग्रह गरेका थिए । त्यसपछि उनले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ तारा’ को रुपमा वर्णन गरेका छन् ।

समर्थकहरुमाझ बोल्दै ट्रम्पले मस्कलाई ‘अद्भुत व्यक्ति’ को रुपमा वर्णन गरे । मस्कको स्टारलिंक स्याटेलाइट सेवाले गत अक्टोबरमा दक्षिणपूर्वी अमेरिकामा विनाशकारी तुफान हेलेनको समयमा धेरै मानिसहरु बचाउन मद्दत गरेको ट्रम्पले बताए । उनले भने ‘मस्क एक विशेष मानिस हुन, उनी निकै प्रतिभाशाली छन् । हामीले हाम्रा प्रतिभाहरूलाई जोगाउनुपर्छ, हामीसँग यस्ता प्रतिभाशाली व्यक्ति धेरै छैनन् ।’

विश्वका सबैभन्दा धनी एलन मस्कले त ट्रम्पलाई समर्थन गर्नेहरु मध्ये चुनावको दिनसम्म दैनिक एक जनालाई १० लाख डलर पुरस्कार दिने घोषणा नै गरे र त्यो अनुसार पैसा बाँडिरहे । त्यसको विरुद्ध अदालतमा मुद्दा पर्यो तर अदालतले चुनावमा दिइने चन्दालाई अन्यथा मान्न नहुने भन्दै त्यसलाई वैधानिकता दियो ।

खरबपति मस्क यो चुनावमा यसरी भिडेकी लाग्छ, ट्रम्प होइन, उनी आफै राष्ट्रपतिको उम्मेदवार हुन् । मस्क मात्रै होइन, अमेरिका धेरै उद्योगी, व्यापारीहरु यस पटकको चुनावी अभियानमा खुलेरै लागे ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट