Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

ट्रम्पको पुनरुदयले फेरिनसक्ने अन्तराष्ट्रिय परिदृश्य


ट्रम्पले बारम्बार दोहोर्याउने गरेको एउटा वाक्य छ ‘म फेरि राष्ट्रपति चुनिए भने अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला सुरु गर्नेछु ।’

काठमाडौं । अन्ततः संयुक्त राज्य अमेरिकामा फेरि डोनाल्ड ट्रम्पको पुनरुदय भएको छ । अघिल्लो पटकको निर्वाचन हारेपछि संसद भवनमै आक्रमण गराएर अमेरिकाको संसदीय इतिहासमै ‘कंलक पोतेका’ भनेर आलोचित उनले २०१७ को आम निर्वाचनमा भन्दा सहजरुपमा जित निकाले ।

डोनाल्ड ट्रम्प धेरै हिसाबले अमेरिका र सिंगै विश्वमा चर्चित छन् । जस्तो कि उग्र र सन्काहा राष्ट्रवादी, अमेरिकाकै धनी मध्येका एक, अराजक, महिला अधिकारप्रति अनुत्तरदायी, रुसी राष्ट्रपति भ्लादमिर पुटिनसंगको रहस्यमय सम्वन्ध भएका व्यक्ति आदि इत्यादि । त्यही कारण उनी फेरि राष्ट्रपति भएपछि अमेरिकाको आन्तरिक राजनीतिमा मात्र तेस्रो विश्वमा समेत कस्तो प्रभाव पर्नेछ भन्ने बारेमा अनेक शंका, आशंका सवैको मनमा रहेको देख्न सकिन्छ ।

सन् २०१६ देखि २० सम्म राष्ट्रपति रहदा ट्रम्पले आप्रवासीको विषयमा आक्रामक नीति अवलम्बन गरेका थिए । यस पटकको निर्वाचनको प्रचार प्रसारको क्रममा पनि उनले आफू ह्वाइटहाउस फर्किए उक्त नीतिलाई थप कडाइका साथ लागू गर्ने बताएका थिए । त्यसक्रममा ट्रम्पले बारम्बार दोहोर्याउने गरेको एउटा वाक्य छ ‘म फेरि राष्ट्रपति चुनिए भने अमेरिकी इतिहासकै सबैभन्दा ठूलो देशनिकाला सुरु गर्नेछु ।’

निर्वाचन प्रचारको क्रममा ट्रम्पले बहुसंख्यक मुस्लिम देशका मानिसमाथि लगाइएको यात्रा प्रतिबन्धलाई थप विस्तार गर्ने सङ्केत गरिसकेका छन्।

पहिलो कार्यकालमा शुरु गरेको उनको यो नीतिको त्यतिबेला पनि व्यापक विरोध भएको थियो । तर, उनलाई त्यस्ले छोएको छैन । बरु उनी यो नीति लागू गर्न झन झन प्रतिवद्ध देखिदैं आएका छन् । जबकी अहिलेका राष्ट्रपति जो बाइडनले आप्रवासनको विषयमा थप ‘मानवीय’ नीति लिदैं आएका छन्। उनले ट्रम्पको पहिलो कार्यकालका सीमासम्बन्धी नीतिहरूलाई फिर्ता लिएका छन् । तर फेरि ट्रम्प आएपछि अब आप्रवासीहरुको अवस्था के होला ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

त्यस्तै, ट्रम्प रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनका ‘मित्र’ मानिन्छन् । सन् २०१६ मा उनले राष्ट्रपति चुनाव जित्दा पनि पुटिनले हस्तक्षेप गरेको आरोप लागेको थियो । र, यस पटकको निर्वाचनमा पनि रुसको भूमिकामाथि प्रश्न उठ्दै आएको छ ।

ट्रम्पले यस पटक निर्वाचन प्रचारको क्रममा निर्वाचित भएमा ‘२४ घण्टाभित्र’ रुस–युक्रेन युद्ध रोक्ने दावि गरेका थिए । त्यो दाविको आधार के हो ? त्यो अहिलेसम्म खुलाएका छैनन् । तर कतै उनले युक्रेनलाई आफ्नो भूमि रुसलाई सुम्पिन दबाव दिने हुन् कि भन्ने विषय बहसमा आएको छ ।

ट्रम्पका नजिकका साथी मानिने हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले केही महिना अगाडि ट्रम्पलाई भेटेपछि दिएको प्रतिकृयाले पनि त्यो कुरालाई पुष्टि गर्छ । ओर्बनले विविसीसंग भनेका थिए ‘तपाई ढुक्क हुनुस्, ट्रम्पले जितेमा अमेरिकाले युक्रेनलाई एक पैसा पनि दिनेछैन ।’

त्यसक्रममा सबैभन्दा पहिलो कदम उनले युक्रेनलाई दिंदै आएको अमेरिकी सैन्य सहयोग रोकिदिन सक्ने आशंका गरिएको छ । ट्रम्पका नजिकका साथी मानिने हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले केही महिना अगाडि ट्रम्पलाई भेटेपछि दिएको प्रतिकृयाले पनि त्यो कुरालाई पुष्टि गर्छ । ओर्बनले विविसीसंग भनेका थिए ‘तपाई ढुक्क हुनुस्, ट्रम्पले जितेमा अमेरिकाले युक्रेनलाई एक पैसा पनि दिनेछैन ।’

त्यसको अर्थ के हो भने अमेरिका सहितका पश्चिमा शक्ति राष्ट्रहरुको सैन्य सहयोगमा अहिलेसम्म युद्धमा टिकिरहेको युक्रेन अमेरिकाले हात झिक्ने वित्तिकै हार्ने लगभग निश्चित छ ।

अर्कोतर्फ अमेरिका, यूके, जर्मनी र फ्रान्ससहितका ३२ देश सम्मिलित सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) लाई ट्रम्प मन पराउँदैनन् । उनी पहिलो पटक राष्ट्रपति छँदा पनिे धेरै पटक अन्य सदस्य राष्ट्रहरूले सम्झौताअनुसारको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को दुई प्रतिशत रकम रक्षा क्षेत्रमा खर्च गर्ने लक्ष्य पूरा गर्न नसकेको भन्दै अमेरिका नेटोबाट बाहिरिने धम्की दिएका थिए । यसपटक उनले साँच्चै नै नेटाबाट बाहिरिने निर्णय गरे भने त्यस्ले विश्व राजनीतिमै नयाँ खलबली मच्चाउने निश्चित छ ।

त्यस्तै ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इजरायल र अरब लीगका चार देशहरू बहराइन, यूएई, सुडान तथा मोरक्कोबीचको सम्बन्ध सुधार गर्न सहजकर्ताको भूमिका खेलेका थिए । त्यतिबेला उनी इजरायलको दक्षिणपन्थी सरकारको खुल्ला समर्थक थिए ।

तर अहिले परिस्थिति केही बदलिएको छ । सन् २०२० को चुनावमा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले आफू ट्रम्पको पक्षमा होइन जो बाइइनको पक्षमा रहेको भन्दै उनलाई विजयको लागि शुभकामना दिएका थिए । त्यो घटनापछि ट्रम्प नेतान्याहूसंग क्रुद्ध भएका थिए । त्यसको असर अब उनले लिने नीतिमा पर्न सक्ने राजनीतिक विश्लेषकहरुले दावी गरिरहेका छन् । त्यसो भएमा प्यालिष्टाइन, इरान र लिवियासंग युद्धमा रहेको इजरायलको लागि झड्का हुनेछ ।

र, त्यसले मध्यपूर्वमा शान्ती कायम गर्न सहयोग पुग्न सक्ने विश्वास पनि कतिपय विश्लेषकहरुको छ ।

यसैगरी राष्ट्रपति हुँदा ट्रम्पले चीनविरुद्ध ‘व्यापार युद्ध’ शुरु गरेका थिए । आफू पुनः निर्वाचित भए उनले चीनमाथि ६० प्रतिशतभन्दा बढी महसुल लगाउने बताउंदै आएका छन् ।

ऊर्जा र दूरसञ्चारजस्ता महत्वपूर्ण क्षेत्रका लागि भविष्यमा चीनबाट हुन सक्ने खरिद रोक्न नयाँ प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिंदै आएका छन् । त्यसो भएमा ट्रम्पको अबको कार्यकालभर चीनसंग अमेरिको व्यापार युद्ध थप चर्किन सक्ने अनुमान गरिएको छ ।

उनले ऊर्जा र दूरसञ्चारजस्ता महत्वपूर्ण क्षेत्रका लागि भविष्यमा चीनबाट हुन सक्ने खरिद रोक्न नयाँ प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिंदै आएका छन् । त्यसो भएमा ट्रम्पको अबको कार्यकालभर चीनसंग अमेरिको व्यापार युद्ध थप चर्किन सक्ने अनुमान गरिएको छ ।

अघिल्लो कार्यकालमा ट्रम्पले अमेरिकालाई जलवायु परिवर्तनबारे भएको ‘पेरिस सम्झौता’बाट अलग्याएका थिए । राष्ट्रपति बनेपछि बाइडनले उनको निर्णय उल्ट्याइदिएका थिए । ट्रम्पले अहिलेको चुनावी अभियानको क्रममा अमेरिकालाई पुनः पेरिस सम्झौताबाट अलग्याउने प्रतिवद्धता जनाउँदै आएका छन् । त्यस्ले विश्वभर नै फेरि विवाद सृजना गर्ने निश्चित छ । किनकी विश्वका बहुसंख्यक राष्ट्र र पर्यावरणविद्हरु उक्त सम्झौता कडाईका साथ लागू गर्नु पर्नेमा जोड दिंदै आएका छन् । -एजेन्सीको सहयोगबाट

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, बिचार, समाचार

प्रतिक्रिया


ताजा अपडेट