निर्माण व्यवसायीको ५ अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्यो
काठमाडौं । सरकारले निर्माण व्यवसायीलाई पाँच अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयले निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको आठ अर्ब ७१ करोडमध्ये पाँच अर्ब पाँच करोड रुपैयाँ भुक्तानी गरेको जानकारी दिए । अब मन्त्रालयले निर्माण व्यवसायीलाई तीन अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम ६० प्रतिशत रकम भुक्तानी गरेको उनले बताए । विनियोजन विधेयकले गर्दा निर्माण व्यवसायीलाई पहिलो तीन महिना भुक्तानी गर्न नसकेको उनले उल्लेख गरे ।
कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेकाले बाँकी रहेको भुक्तानी चाँडै हुने भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्माको भनाइ छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया