Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

धनराज गुरुङकी पूर्वपत्नीसहित दुई जना विरुद्ध रेड कर्नर नोटिस जारी


काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । यद्धपी धनराजले आफूहरुको डिभोर्स भैसकेको बताउंदै आइरहेका छन् ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गरेर उनीहरु विरुद्ध नोटिस जारी गर्न इन्टरपोलको सचिवालयमा पत्राचार गरेको थियो ।

गुरुङ र बर्दिया घर भएका ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ, भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीबाट उनीहरुले १२ करोड ५१ लाख अपचलन गरेको आरोप छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट