Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

सुडानमा अर्धसैनिक बलको घेराबन्दीमा परेका २ सय जनाभन्दा धेरैको मृत्यु


सुडानमा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) को घेराबन्दीमा परेका दुई सय जनाभन्दा धेरैको मृत्यु भएको छ । शहर अल हिलालिया सहरमा आरएसएफको घेराबन्दीमा रहेका दुई सय जनाभन्दा धेरैको मृत्यु भएको सुडानी डाक्टर सिन्डिकेटले जनाएको छ ।

घेराबन्दीमा रहेकाहरुमध्ये कतिपय रोग र भोकले, कतिपय चरम यातनाले र कतिपय रासायनिक विषाक्तताका कारण मारिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सुडानको विदेश मन्त्रालयले अल हिलालियामा एक सय २० जनाको सशस्त्र आक्रमण र खाद्य प्रदूषणका कारण मृत्यु भएको जनाएको थियो ।

मन्त्रालयका अनुसार अल हिलालियालाई आरएसएफले १० दिनसम्म नाकाबन्दी गरेको छ, जसका कारण मानवीय सङ्कट बढिरहेको छ । सुडान सन् २०२३ को अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीचको द्वन्द्वमा फसेको छ । हिंसामा २४ हजार आठ सय ५० जनाभन्दा धेरैको मृत्यु भएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट