Techie IT
Samayabaddha
आईतबार, २८ पुस, २०८१

युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिन्छौं : नवनिर्वाचित अमेरिकी राष्ट्रपती ट्रम्पका वरिष्ठ सल्लाहकार


अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा ध्यान दिने बताएका छन् ।

बीबीसीसँगको कुराकानीमा रिपब्लिकन पार्टीका रणनीतिकारसमेत रहेका लान्जाले ट्रम्प प्रशासनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई शान्तिका लागि यथार्थपरक दृष्टिकोण बारे आग्रह गर्ने बताएका हुन् । यदि युक्रेनी राष्ट्रपति जेलेन्स्की क्राइमिया फिर्ता विना पनि शान्तिका लागि तयार भएमा रुस–युक्रेन युद्ध रोक्न सहयोग पुग्ने उनको भनाई छ ।

रुसले सन् २०१४ मा क्राइमिया प्रायद्वीपलाई गाभेको थियो । त्यसको आठ वर्षपछि रुसले युक्रेनमा पूर्ण मात्राको आक्रमण शुरु गरेको हो । लान्जाले सन् २०२२ मा रुसले आक्रमण गरेर कब्जा गरेको पूर्वी युक्रेनका क्षेत्रहरू फिर्ताको विषयमा भने केही उल्लेख गरेका छैनन् । ट्रम्प राष्ट्रपतीमा निर्वाचित भएपछि उहाँले जेलेन्स्कीसँग कुरा गरिसकेका छन् । ट्रम्पले रुस–युक्रेन युद्ध रोक्नु आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट