Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

बङ्गलादेशलाई बिजुली बिक्रीको उद्घाटन तीन वटा देशका मन्त्रीले गर्ने


काठमाडौं । भोलि नेपालले बङ्गलादेशलाई बिजुली बेच्ने शुरुआत तीन वटा देशका मन्त्रीले गर्ने भएका छन् ।

नेपालका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासहित भारत र बङ्गलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘भोलि दिउँसो पौने १ बजे भर्चुअल समारोहमार्फत बङ्गलादेशमा बिजुली पठाउने कामको शुरुआत हुँदैछ’, घिसिङले भने ।

नेपाल विद्युत् प्राधिकरणले भोलि शुक्रवार बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्दैछ । यसअघि भएको सम्झौता अनुसार भोलि नोभेम्बर १५ तारिखमा ४० मेगावाट बिजुली भारत हुँदै बङ्गलादेश पठाउन लागिएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिएका छन् ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट