भुजेल भाषाको साहित्य र सम्भाव्यता बारे विज्ञको चासो
काठमाडौँ, १ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्यको ‘१६औँ शृङ्खलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न गरेको छ ।
यस अवसरमा भुजेलभाषा अध्येता विशम प्हुगालद्वारा लिखित ‘भुजेल भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको देश भएकाले प्रज्ञा–प्रतिष्ठानले मातृभाषाको जागरणका लागि मातृभाषा साहित्य शृङ्खला सुरु गरेको बताए । उनले बहुभाषिक समुदायको जागरुकता र अभियानले मात्रै जनजातिको भूगोल, संस्कृति, इतिहास र सभ्यता जर्गेना हुन सक्ने बताए ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको देश भएकाले प्रज्ञा–प्रतिष्ठानले मातृभाषाको जागरणका लागि मातृभाषा साहित्य शृङ्खला सुरु गरेको बताए । उनले बहुभाषिक समुदायको जागरुकता र अभियानले मात्रै जनजातिको भूगोल, संस्कृति, इतिहास र सभ्यता जर्गेना हुन सक्ने बताए ।
प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्यका क्रममा मातृभाषा साहित्य शृङ्खला सुरु भएदेखि नै मातृभाषा साहित्यका सर्जकलाई बुझ्ने र अनुसन्धान गर्न सक्ने अवसर मिलेको बताए । यस कार्यक्रमले जनजातीय स्रष्टामा ऊर्जा र उत्साह थपेको उनले बताए ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले विभिन्न जनजातिले इतिहासमा भोगेका पीडा, उत्पीडन, उकाली–ओराली र आरोहअवरोहलाई बुझ्न मातृभाषा साहित्य शृङ्खला महत्त्वपूर्ण गाथा बनेको बताए ।
कलाकार छेवाङ तेन्जिङ लामाले कार्यक्रममा रैथाने बाजा टुङ्नाको धुन प्रस्तुत गरेका थिए । कुलुङ भाषाका कवि फुलमाया कुलुङ, साम्पाङ राई भाषामा नानुमती राई र मैथिली भाषामा स्नेहा झाले कविता वाचन गरेका थिए ।
यसैगरी भुजेल भाषाको साहित्य विषयक कार्यपत्रमाथि प्राज्ञ डा विष्णु सिञ्जाली, प्रताप नाछिरिङ, सोम धिमाल र श्रीराम उपाध्यायले आ–आफ्ना जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गगरेका थिए ।
क्याटेगोरी : समाचार, साहित्य
प्रतिक्रिया