Techie IT
Samayabaddha
बुधबार, १७ पुस, २०८१

नेकपा बहुमतले स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टी महासचिव कञ्चनले आज एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन बहिस्कार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

ुविभिन्न कारणले रिक्त रहेका देशका केही स्थानीय निकायहरूमा यही मङ्सिर १६ गते उपनिर्वाचनको मिति निर्धारण गरिएको छ । यो चुनाव पनि विगतका संसदीय चुनावहरू जस्तै जनताको सेवा गर्ने नारा भित्र संसदीय दलाल पुँजीवादी व्यवस्थालाई संस्थागत गर्ने, आमूल परिवर्तनको मुद्दालाई धूमिल बनाउने, जनतामाथि शोषण उत्पीडन गर्ने संयन्त्रलाई मजबुत बनाउने र सारमा भन्दा लेलिनले भन्नु भएझैं “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने” एकाधिकार पुँजीवादको दलाली गर्ने प्रपञ्च मात्र हो । तसर्थ पालिकातहमा हुने उक्त उपचुनावलाई बहिष्कार गर्न सम्बन्धित जिल्ला कमिटीहरूलाई पार्टी केन्द्रीय कार्यालय निर्देशन गर्दछ । साथै आम जनतालाई पनि बहिष्कारको लागि अपिल गर्दछु, विज्ञप्तिमा भनिएको छ ।

देशमा पुँजीवादी व्यवस्था रहने छ तबसम्म त्यस अन्तर्गत हुने कुनै पनि चुनावले केवल पुँजीवादको सेवा मात्र गर्ने, जनतामाथि उत्पीडन थोपर्ने र नेपाल जस्तो नवऔपनिवेशिक देशमा दलाल पुँजीवादलाई संस्थागत र मजबुत बनाउने काम मात्र गर्ने पार्टीको बुझाइ छ ।

विज्ञप्तिमा थप भनिएको छ(ुहाम्रो पार्टीले देशको जटिल राजनीतिक अवस्थालाई गम्भीर तरिकाले नियाली रहेको छ । नेपाली जनता माथि थोपरिएको दलाल पुँजीवादी उत्पीडन, नवऔपनिवेशिक पराधीनता र यसले सृजना गरेको राजनीतिक अस्थिरताले देशलाई विस्फोटक अवस्थामा पुर्याईरहेको छ । यो अवस्थालाई एकातिर पश्चगामी शक्तिहरूले पुरानो अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा फर्काउन उपयोग गर्ने अधिकतम कोसिस गर्नेछन् भने यथास्थितिवादीहरू यही दलाल पुँजीवादी व्यवस्थालाई नै संस्थागत गर्न उद्धत रहनेछन् । हाम्रो पार्टी जनताको सशक्त आन्दोलनद्वारा वर्तमान पुँजीवादी व्यवस्था र यस अन्तर्गतको दलाल संसदीय राजनीतिक प्रणालीको अन्त्य गरी समाजवादी गणतन्त्र स्थापना गर्न ुस्वाधीन संयुक्त सरकारु निर्माणको दिशामा अघि बढ्न सम्पूर्ण देशवासीमा हार्दिक अपिल गर्दछ ।ु

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट