मंसिरदेखि वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर
काठमाडौँ । मंसिर महिनाका लागि धेरै वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदरमा २० वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर घटाएका हुन् ।
ब्याजदर घटाउने बैङ्कहरूमा नबिल, माछापुच्छ«े, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, एनएमबी, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम कमर्सियल र कृषि विकास बैङ्क छन् ।
८ वटाले कात्तिककै ब्याजदरलाई स्थिर राखेका छन् । ब्याजदर स्थिर राख्नेमा नेपाल एसबिआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु बैङ्क, हिमालयन र एभरेस्ट बैङ्क छन् ।
राष्ट्रिय वाणिज्य बैंकले भने ब्याजदर बढाएको छ । वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंकले मंसिरमा सबैभन्दा बढी ब्याज दिने भएको छ । एनआईसीले अधिकतम ६.७९ प्रतिशत ब्याज तोकेको छ भने सबैभन्दा कम लक्ष्मी सनराइज बैंकले दिने भएको छ ।
बैङ्कहरूमा लगानीयोग्य रकम पर्याप्त हुनु तर कर्जा प्रवाह सो अनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैङ्कहरूले निक्षेपमा ब्याजदर घटाएका हुन् ।
क्याटेगोरी : अर्थ
प्रतिक्रिया