Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

केपी ओलीको चीन भ्रमणबारे चिनियाँ र भारतीय मिडियामा विरोधाभासी प्रतिक्रिया


प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले नेपाली राजनीति र कूटनीतिमा नयाँ बहसको जन्म दिएको छ । ओलीको यस भ्रमणलाई कतिपयले सकारात्मक दृष्टिकोणले हेरिरहेका छन् भने केहीले यसलाई चिनियाँ कार्ड प्रयोग गरिएको अर्थमा विश्लेषण गरिरहेका छन् । चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउन र व्यापारिक, भौतिक तथा आर्थिक सहयोगमा नयाँ अवसरहरू सिर्जना गर्न यो भ्रमण महत्त्वपूर्ण मानिएको छ । तर, यस भ्रमणसँगै नेपालको विदेश नीतिमा भारत र
चीनका बीचको सन्तुलन कायम राख्नका लागि प्रचलित कूटनीतिक रणनीतिहरूको पुनर्मूल्यांकन गर्न‘पर्ने चर्चा चलिरहेको छ ।

निश्चय यो भ्रमणले नेपालको छिमेकी देशहरूसँगको सम्बन्धमा नयाँ परिवेश जन्मिएको छ । यो भ्रमणले नेपालका कूटनीतिक, व्यापारिक र रणनीतिक हितहरूलाई नयाँ बाटो दिन सक्ने अपेक्षा धेरैले गरेका छन् । तर, यस भ्रमणका सन्दर्भमा उठेका आलोचना, प्रतिक्रियाहरूले नेपालका नीति निर्माताहरूलाई कूटनीतिक चातुर्यका लागि दबाव पनि सिर्जना गरेको छ । यो भ्रमण केवल एक कूटनीतिक यात्रा नभएर नेपालको विदेश नीति र क्षेत्रीय समीकरणहरूमा गहिरो प्रभाव पार्ने रूपमा पनि हेरिएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणले विशेषगरी भारत र चीनका मिडियामा विभिन्न प्रकारका टिप्पणी र विश्लेषणहरु भइरहेका छन् । भारतका केही मिडियाले नेपालका नेतृत्वको चीनसँगको नजिकको सम्बन्धलाई भारतका लागि चुनौतीको रूपमा चित्रित गरेका छन् । यो घटनाक्रमले नेपालको छिमेकी कूटनीतिमा यथास्थिति र फेरबदलका बिचारलाई जन्माएको छ ।

तथापि, केही विशेषज्ञहरूको बुझाइ यो पनि छ कि भारत र चीनलाई एक अर्कालाई ‘रिझाउने’ राजनीतिक रणनीति अब पुरानो भइसकेको छ । यसप्रकारको रणनीति विश्व राजनीति र नेपालका लागि सस्तो र छिटो समाधानको रूपमा प्रयोग गरिन सक्दैन । आजको परिदृश्यमा नेपालका नेतृत्वलाई छिमेकी राष्ट्रसँगको सम्बन्धमा सन्तुलन कायम गर्ने मात्र होइन, आफ्नो भूराजनीतिक र आर्थिक हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता बढेको छ ।

ओलीको चीन भ्रमणबारे चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले भारतीय सञ्चारमाध्यममा भइरहेका विषयको टिप्पणीहरूको प्रतिक्रिया सार्वजनिक गरेको छ। भारत नेपालको खुला सिमाना भएको देश हो र भारतसँगको व्यापारको हिस्सा अहिले पनि दुई तिहाइ भन्दा बढी छ । कतिपयले खुला सिमानालाई अभिशापको रूपमा प्रस्तुत गर्ने गरेका छन् । खुला सिमानाको फाइदा भारतले नउठाएको र नउठाउने भन्ने पनि छैन । तर, छिमेकी भनेको छिमेकी नै हुन्छ । कूटनीतिज्ञहरूले उपमा दिँदै भनेका छन्, ‘रिसाउँदा पनि, खुशी हुँदा पनि आफ्नै’ भन्ने कुरा कूटनीतिक सन्दर्भमा बुझ्न महत्त्वपूर्ण हुने कुरा उल्लेख गरेका छन् ।

सीमामा पर्खाल लगाउँदैमा भारतसँगको सम्बन्धबाट हुने राजनीतिक कूटनीतिक जोखिम समाप्त हुनेछ भन्ने सोच्नु यथार्थमा मिल्दैन । त्यसमाथि सूचना प्रविधिको तीव्र विकासले नेपाल जस्तो खुला समाज भएका देशमा पर्खाललाई चुँडाउनेछ । यस अवस्थामा समयानुकूल कूटनीतिक समायोजन गरेर देशको हितमा भारत र चीनसँगको सम्बन्धबाट फाइदा लिनु सत्ता सञ्चालकहरूको जिम्मेवारी हुनेछ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई काठमाडौं र नयाँ दिल्लीबीचको सम्बन्धमा तिक्तताको संकेतका रूपमा प्रचार गरिएको छ । तर, ग्लोबल टाइम्सले आफ्नो जनतालाई भनेको छ कि कूटनीतिक संलग्नतामा सार्वभौम राष्ट्रको चयनबारे विलाप गर्नुको सट्टा यस परम्पराबाट विच्छेद गर्ने कूटनीतिक निर्णयले भारतलाई चिन्ता उत्पन्न गर्नुपर्ने कुरा ध्यानमा राख्नुपर्छ । यस सन्दर्भमा चिनियाँ विज्ञले दक्षिण एसियाली देशहरूमा चीनको बढ्दो प्रभावको कारणमाथि चिन्तन गर्न प्रेरित गर्नु पर्ने कुरा पनि उल्लेख गरेका छन् ।

ओलीको आगामी चीन भ्रमण विगतमा भएका सहमति र सम्झौताहरूको कार्यान्वयनमा केन्द्रित हुने प्रधानमन्त्रीको पार्टी, नेकपा एमालेले शनिबार जानकारी दिएको छ । चीन भ्रमणको तयारी सुरु भइसकेको छ, उनले बताए ।

ओलीको चीन भ्रमण र भारतसँगको सम्बन्ध

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले भारतको ध्यान आकर्षित गरेको छ। भारतीय मिडिया, विशेषतः द हिन्दु, यस भ्रमणलाई निकै महत्व दिइरहेका छन् । द हिन्दुले विज्ञहरूको उद्धरण गर्दै ओलीको भ्रमणले भारत–नेपाल परियोजनाहरूमा चिनियाँ लगानी र कम्पोनेन्टहरूमा भारतको आपत्ति, साथै ओभरफ्लाइटका लागि नयाँ रुटहरूको नेपालका विचाराधीन अनुरोधलाई सन्दर्भ गर्दै भारत–नेपाल सम्बन्धमा तनाव उत्पन्न भएको संकेत दिएको छ ।

भारतको इन्डियन एक्सप्रेसले पनि ३ नोभेम्बर २०२३ मा एक लेख प्रकाशित गर्दै ओलीको भ्रमणलाई ‘परम्पराबाट विच्छेद’ भनेको थियो, विशेषगरी नवनिर्मित विमानस्थलका घाटामा चलिरहेको समस्यामा ।

नेपालले गरेको राज्य भ्रमणको विकल्पमा भारतको अत्याधिक ध्यानाकर्षणले नेपालको सार्वभौमसत्तामा भारतको अवहेलना मात्र होइन, दक्षिण एसियाली देशहरूसँग सम्बन्धलाई आफ्नै पछाडि आँगनजस्तो व्यवहार गर्ने भारतको मोनरो सिद्धान्तको मानसिकता पनि झल्काउँछ, नेपालका अनुसन्धान विभागका निर्देशक कियान फेङले टिप्पणी गरेका छन् । फेङका अनुसार, नेपालको चीनसँगको सहयोग र भारतसँगको सम्बन्ध कुनै विशेष छैन । ‘चीनसँगको मित्रता भारतसँगको सम्बन्धमा परिवर्तनको सङ्केत होइन,’ फेङले भने ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ]मैले पहिलोपटक चीन जाँदैछु भन्ने अर्थ यो होइन कि हाम्रो भारतसँगको सम्बन्ध राम्रो छैन । भारतसँगको सम्बन्ध सन्तुलित र मैत्रीपूर्ण रहनेछ ।’

चीनको ग्लोबल टाइम्सले नेपालको अर्थ मन्त्रालयको उल्लेख गर्दै चीन नेपालको महत्त्वपूर्ण व्यापार साझेदार भएको र २०२३ मा चीनसँगको द्विपक्षीय व्यापार १५.६ प्रतिशतले वृद्धि भएर १२.६९ बिलियन युआन ९१.७८ बिलियन डलर पुगेको बताएको छ ।

ग्लोबल टाइम्सको यो टिप्पणी भारतीय मिडियाले पनि प्रतिकृया जनाएका छन् । कूटनीतिक विज्ञहरूले भनेका छन् कि ग्लोबल टाइम्स चीन सरकारको समर्थन गर्ने सञ्चार माध्यम हो र यसको टिप्पणीहरू प्रायः सरकारी दृष्टिकोणबाट प्रभावित हुन्छ ।

यसमा एउटा महत्वपूर्ण प्रश्न उठ्छ – यदि प्रधानमन्त्री ओलीको चीन भ्रमण पुष्टि नभएको कुरा ग्लोबल टाइम्सले लेखेको छ भने त्यसको कूटनीतिक अर्थ के हो ? लेखमा भनिएको छ, ‘द भिजिट हाउएवर ह्याज नट बिन कन्फर्मड बाइ चाइनिज अथरिटिज एज़ अफ प्रेस टाइम ।’

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट