डोनाल्ड ट्रम्पसँग नजिकबाट काम गर्न तयार छु : चिनियाँ राष्ट्रपति सी
चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिकबाट काम गर्न तयार रहेको बताएका छन् । पेरुमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को वार्षिक शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नजिकबाट काम गर्ने बताएका हुन् ।
भेटमा सी जिनपिङले बाइडेनको कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्धमा आएको उतारचढावलाई पनि स्वीकार गरेका छन् । सी जिनपिङ र जो बाइडेनले व्यापार र ताइवानमा तनाव कम गर्ने विषयमा पनि छलफल गरेका बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतीय चुनावमा विजयी डोनाल्ड ट्रम्पले दुई महिनापछि कार्यकाल शुरू गर्दैछन् । कार्यकाल शुरू भएपछि चीन र अमेरिकाबीच तनाव बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ ।
ट्रम्पले चिनियाँ वस्तु आयातमा कर ६० प्रतिशतसम्म बढाउने बताएका छन् । आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भनेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया