अमला रोका कहाँ छिन ? उनको अवस्था अझै अज्ञात
काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न मानिएकी अमला रोका विरुद्ध १० महिना पहिले इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि पनि उनको अवस्था अज्ञात नै छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पठाएको पत्राचारका आधारमा इन्टरपोलले यो नोटिस जारी गरेको हो । तर, लामो समय वितिसक्दा पनि उनलाई पक्रन सकिएको छैन र उनको वर्तमान अवस्थाबारे कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन ।
रोकाको घर रोल्पा हो । उनी सुन तस्करमा आरोपित चिनियाँ नागरिक दावा लामाकी पत्नी हुन् । लामालाई पक्राउ गरेपछि रोका फरार भइन् । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६० किलोभन्दा बढी सुन तस्करीको घटनामा उनको संलग्नताको आशंका गरेको थियो । यस प्रकरणमा रोकासहित केही अझै फरार प्रतिवादी रहेका छन् ।
अमला रोका भियना होटलकी सञ्चालिका पनि हुन् र उनी माओवादी नेताहरूसँग निकट सम्बन्ध राख्ने व्यक्तिका रूपमा चिनिन्छिन् । उनी माओवादी रोल्पा-काठमाडौं सम्पर्क मञ्जकी पूर्व उपाध्यक्ष पनि थिइन् । उनी कहाँ छिन् भन्ने सवाल भने अझै अनुत्तरित हुनु गम्भीर विषय हो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया