Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

उपनिर्वाचनमा माओवादी : कांग्रेससँग ‘ट्रयाजिडी’, नेकपा एससँग ‘लभ अफेयर’


यस पटकको उप निर्वाचनमा सत्ताधारी दल नेपाली कांग्रेसले सबै ४४ पदमै उम्मेदवारी दिएको छ भने अर्को प्रमुख सत्ताधारी दल नेकपा (एमाले) ले ४० स्थानमा उम्मेदवारी दिएको छ । प्रतिपक्षी दलहरु नेकपा (एस) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरी उम्मेदवारी दिएका छन् ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा देशभरका बिभिन्न ४४ पदका लागि कुल ४१० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा ३४२ पुरुष, ६६ महिला र दुई अन्य छन् । निर्वाचन आयोगका अनुरार आइतबारका लागि निर्धारित मनोनयन दर्ता अवधिभरि ४४ पदका लागि २८९ जना राजनीतिक दलबाट र १२१ स्वतन्त्र उम्मेदवारी दिएका छन् । पालिकाको अध्यक्ष दुई, उपाध्यक्ष चार, प्रमुख र उपप्रमुख एक एक, वडा अध्यक्ष ३४ र जिसस प्रमुख दुई गरी ४४ पदका लागि मङ्सिर १६ गते हुने निर्वाचनका लागि आइतबार साँझ पाँच बजेसम्मका लागि मनोनयनको समयसीमा तोकिएको थियो ।

भुइँमान्छेहरुका समस्या ज्यूका त्यूँ छन् । भ्रष्टाचार, नातावाद, ज्यू हजुरी, चाकरी, चाप्लुसी, बेतिथीले मुलुक त वर्षौँदेखि थला परेकै थियो, माओवादी पार्टी र त्यसको नेतृत्व पनि यही बेथितीको पोखरीमा चुर्लुम्म डुब्यो । अव माओवादीले गिरिजाप्रसादले भन्न लगाएको भनिएको ‘जय नेपाल’ शब्द सधैँका लागि त नभनौँ केही समयका लागि उच्चारण नगर्ला र कांग्रेसले पनि केही समय ‘लाल सलाम’ नगर्ला !

यो निर्वाचनमा आउने नतिजालाई कतिपयले आगामी २०८४ (मिसन ०८४)सालमा हुने आमनिर्वाचनको पूर्वानुमानका रुपमा पनि लिएका छन् । राजनीतिक सिद्धान्त फरक भएपनि एउटै चुनावी नारा लिएर दुई वर्ष अघि २०७९मा निर्वाचनमा होमिएका दलहरुले यो उपनिर्वाचनमा गठबन्धन गरेका छैनन् । राजावादी अजेण्डा बोकेको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र संघीयताको भित्रभित्रै बिरोध गरेर खारेज नै गर्नुपर्छ भन्नेसम्मको अवाज बेला बेलामा उराल्ने, नाम मात्रको कम्युनिष्ट पार्टी नेकपा (एमाले)ले यो उपनिर्वाचनमा कसैसँग तालमेल गरेको छैन । त्यसैगरी अर्को ठूलो सत्ताधारी दल नेपाली कांग्रेसले पनि यो पटक कसैसँग तालमेल वा गठबन्धन गरेको छैन । यसअघिको आमनिर्वाचनमा नेकपा (माओवादी) केन्द्रसँग तालमेल गरेको कांग्रेसले यसअघि नै २०८४ को निर्वाचनमा कसैसँग तालमेल हुँदैन भनेर महामन्त्री गगन थापाले सार्वजनिक रुपमै घोषणा गरिसकेका थिए ।

नेपाली राजनीतिमा ‘म्याजिक नम्बर’ आफूहरुसंग छ भनेर पटक–पटक कुर्लिने नेकपा (माओवादी केन्द्र) को पनि यसपटक ‘पूर्वप्रेमिका’ नेपाली कांग्रेससँग ‘ट्रयाजिडी’ परिसकेको छ । माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको नेकपा समाजवादीसँग ‘लभ अफेयर’ मात्र गरेको छैन लगनगाँठो नै कस्ने तरखर गरिरहेको छ ।
दुई वर्ष अघि गोरखाको चुनावी घरदैलो कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवम् त्यस क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०६३ सालमा शान्ति प्रकृयामा आउने बित्तिक्कै गरिजाप्रसाद कोइरालाले ‘लाल सलाम’ र आफूले ‘जय नेपाल’ गरिसकेको भनेर भाषण गरेका थिए । उनको भाषण त्यतिबेला निकै ‘भाइरल’ भएको थिए । त्यो भाषण सुनेर गोरखाका धेरै कांग्रेसीहरु माओवादीहरु भए र अन्यत्रका माओवादीहरु कांग्रस बने । यो केवल आफू सांसद बन्न ‘घुमुवा उम्मेदवार’ प्रचण्डको काइदाको जुक्ति थियो । चुनाव भयो, प्रचण्ड सांसदमा बिजयी भए, प्रधानमन्त्री बने, कांग्रेससँग पाँच वर्षका लागि गरिएको बाचाबन्धनमा धोकधडी भयो । अहिले प्रचण्ड सत्ताबाट सडकमा पुगेका छन् ।

यो केवल आफू सांसद बन्न ‘घुमुवा उम्मेदवार’ प्रचण्डको काइदाको जुक्ति थियो । चुनाव भयो, प्रचण्ड सांसदमा बिजयी भए, प्रधानमन्त्री बने, कांग्रेससँग पाँच वर्षका लागि गरिएको बाचाबन्धनमा धोकधडी भयो । अहिले प्रचण्ड सत्ताबाट सडकमा पुगेका छन् ।

भुइँमान्छेहरुका समस्या ज्यूका त्यूँ छन् । भ्रष्टाचार, नातावाद, ज्यू हजुरी, चाकरी, चाप्लुसी, बेतिथीले मुलुक त वर्षौँदेखि थला परेकै थियो, माओवादी पार्टी र त्यसको नेतृत्व पनि यही बेथितीको पोखरीमा चुर्लुम्म डुब्यो । अव माओवादीले गिरिजाप्रसादले भन्न लगाएको भनिएको ‘जय नेपाल’ शब्द सधैँका लागि त नभनौँ केही समयका लागि उच्चारण नगर्ला र कांग्रेसले पनि केही समय ‘लाल सलाम’ नगर्ला ! समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार, राजनीति

प्रतिक्रिया


ताजा अपडेट