सभामुख घिमिरे कम्वोडिया जाँदै
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे मङ्सिर ७ गत कम्वोडिया जाने भएका छन् । ‘इन्टरनेसनल पार्लामेन्ट फर टोलोरेन्स एन्ड पिस (आइपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे कम्वोडिया जान लागेको उनको सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए । ‘कम्वोडियाले आयोजना गर्न लागेको आइपीटीपी कार्यक्रम अन्तर्गत जान लागेका उनले बताए ।
सभामुख घिमिरे कार्यक्रममा सहभागी भएर मङ्सिर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया