Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

केएमसीमा बच्चाहरूका लागि सुपर स्पेसियालिटी सेवा


काठमाडौ मेडिकल कलेजले १६ वर्ष मुनिका बालबच्चाहरूका लागि विशेषज्ञ सेवा सहित आधा दर्जन डिएम एमसीएच चिकित्सकहरूले सेवा प्रदान गर्ने सुपर स्पेशालिटी सेवा सुचारु गरेको छ ।

काठमाडौ मेडिकल कलेज न्युनतम शुल्कमा गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउने स्वास्थ संस्थाको रूपमा एउटा कम्प्लिट मल्टी स्पेशालिस्ट अस्पतालको रूपमा अगाडि बढ्ने क्रममा सो सेवा विस्तार गरिएको हो ।

काठमाडौंको सिनामंगलमा रहेको अस्पतलमा आधा दर्जन बढी पेडियाक्ट्रिक एमबिएच चिकित्सकहरूको सहभागितामा पेडियाक्ट्रिक क्रिटिकल केयर अन्तर्गत सो सेवा दिन थालिएको हो ।

सेवा अन्तर्गत पीआईसीयु, एचडियू, एनआईसीयू सहित अत्याधुनिक उपकरणका साथमा नवजात शिशु विशेषज्ञहरूले २४ सै घन्टा सघन निगरानी, स्वासप्रश्वास सम्बन्धी सम्पूण सेवाका साथै न्युरो क्रिटिकल केयर, मुटुका बिरामीका लागि विशेष सेवा, छारेरोग, टाउकोमा लागेको चोटपटक, अचेत बाल बच्चाको उपचार सेवाका साथै प्यारालाइसीस भएका बच्चाहरूका लागि स्पेशल उपचार सेवा समेत न्युन शुल्कमा उपलब्ध हुने बताइएको छ ।

योसँगै पेडियाक्ट्रिक ग्याँस्ट्रोइन्टेरोलोजी अन्तर्गत बालबालिकाको पेट र कलेजो सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै अत्याधुनिक मेडिकल उपकरणहरूद्वारा इन्डोस्कोपी, रोलोनोस्कोपी, इन्टरजेन्सको सेवा समेत उपलब्ध हुनेछ ।

पेडियाक्ट्रिक न्युरोलोजी अन्तर्गत छारे रोगको सम्पूणर् जाँच र उपचार, सेरेब्रल पाल्सी, अटिजम, मस्तिष्कघात, प्यारालाइसिस जस्ता बिरामीहरूको एउटै छातामुनि मल्टीडिस्प्लिनरी उपचार सेवा उपलब्ध गराइरहेको पनि अस्पतालले जनाएको छ ।

यो सँगै बालबालिकाहरूको हरेक किसिमका शल्यचिकित्साजन्य रोगहरूको उचित उपचार र निदान बाल शल्यचिकित्साजन्य एमसीएच प्याड्रीयाट्रीक सर्जनले सेवा प्रदान गर्नेछन् । यसका अलावा पेडियाट्रिक रेडिमोलोजी सेवा समेत उपलब्ध छ । बालबालिकाको सम्पूणर् रोगको उपचार भारतका विभिन्न प्रख्यात संस्थानहरूमा अध्ययन गरेका व्यावसायिक रूपमा निकै दक्ष सुपर स्पेसियालीटी डिम एमसीएच टिमबाट एउटै छातामुनि सेवा उपलब्ध रहेको काठमाडौं मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले जानकारी दिए ।

आधुनिक जीवनशैली र व्यस्त दैनिकीका कारण बालबालिकामा देखिने कुनै पनि स्वास्थ समस्या र एकै ठाउँबाट आफ्ना बालबच्चाले न्युनतम शुल्कमा गुणस्तरीय स्वास्थ सेवा पाउने ग्यारेन्टी गर्नु नेपालजस्तो आधारभूत स्वास्थ सेवामा सर्वसाधारणको पहुँच नभएको सामाजिक परिवेशमा निकै क्रान्तिकारी कदम मानिएको छ ।


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट