Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

रास्वपाद्वारा प्रधानमन्त्री ओली जोडिएको विषयमा छानबिन गर्न माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विषयमा छानबिन गर्न माग गरेको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा एमाले अध्यक्षसमेत रहेका ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरिएको छ ।

ओलीको कम्बोडियामा लगानी रहेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एक विवादास्पद भिडियो सार्वजनिक गरेका थिए । सो प्रकरणमा प्रसाईँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट