Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

कास्की र मनाङको सीमानालाई केन्द्रविन्दु बनाएर भूकम्प


काठमाडौं, ६ मंसिर । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत २२ कात्तिकमा दोलखाको ओराङ आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।


क्याटेगोरी : विज्ञान, समाचार

प्रतिक्रिया


ताजा अपडेट