Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

हेटौँडाको चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते


हेटौँडा, ७ मङ्सिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

शुक्रवार बिहान ९ बजेर १५ मिनेटको समयमा वीरगञ्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार ब्रेक फेल भई दुर्घटना हुँदा बस सडक छेउको खोल्सामा पल्टिएको थियो । बसमा सवार १८ यात्रुमध्ये चालकसहित १७ जना घाइते भएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा बारा कलैया उपमहानगरपालिका–२३ बस्ने ३२ वर्षीय सुरेन्द्र शर्मा, बारा पर्सैनि गाउँपालिका–३ बस्ने ९ वर्षीया ९ जोनीशा कुमारी ठाकुर, पर्सा घर भएकी १७ वर्षीया रमिता चौधरी, ३ वर्षीया निकिता चौधरी, ११ वर्षीया अमिता चौधरी, बारा कलैया उपमहानगरपालिका–३ बस्ने अलोक ठाकुरकी १८ महिने छोरी, २८ वर्षीया अन्जु ठाकुर, १८ वर्षीया रन्जना ठाकुर छन् ।

दुर्घटनामा चितवन भरतपुर महानगरपालिका–९ बस्ने ४ वर्षीय बद्रीप्रसाद पौडेल, बारा पसैनी बस्ने ५ वर्षीया रिया ठाकुर, कैलाली ३ बस्ने ३५ वर्षीय सीमा चौधरी, बारा पर्सैनि गाउँपालिका–३ बस्ने ७ वर्षीय जेस्मी ठाकुर, स्याङ्जा घर भएका ५२ वर्षीय भीमबहादुर रेग्मी घाइते भएका हुन् ।

त्यस्तै, भारत हाजियापुर बस्ने वर्ष ४१ को रन्जन कुमार सिङ, भारतका २४ वर्षीय इन्जमान खान, २३ वर्षीय आर्यव खान, भारत बिहार पटना बस्ने २५ वर्षीय अल्कामा युसुफ घाइते भएका छन् । घाइतेहरुको शरीरको विभिन्न भागमा चोट लागेको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट