Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि


काठमाडौं । भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेष्ट शृङ्खलाअन्तर्गत पहिलो टेस्टको पहिलो पारीमा अस्ट्रेलिया ८३ रनले पछाडि रहेको छ । बोर्डर गावस्कर ट्रफी सन् २०२४र२५ को पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले आफ्नो पहिलो पारीमा सात विकेट गुमाएर ६७ रन बनाएको छ ।

एलेक्स क्यारी १९ रन बनाएर खेलिरहेका छन् र उनलाई छ रन बनाएका मिचेल स्टार्कले साथ दिइरहेका छन् । भारतका जसप्रित बुमरहले चार विकेट लिए । यस्तै मोहम्मद सिराजले दुई तथा हर्षित राणाले एक विकेट लिए ।

त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहिलो पारीमा एक सय ५० रनमै समेटियो । उसका डेब्यू खेलाडी नितिशकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए । ऋषभ पन्तले ३७ रन र केएल राहुलले २६ रनको योगदान दिए । यी तीनबाहेक ध्रुव जुरेलले मात्रै दोहोरो अङ्कको रन बनाए । उनले ११ रन बनाए । अष्ट्रेलियाका जोस हेजलवुडले चार विकेट लिए । त्यस्तै प्याट कमिन्स, मिचेल स्टार्क र मिचेल मार्सले समान दुईरदुई विकेट लिए ।

टेस्ट क्रिकेटको पहिलो दिन नै १७ विकेट गुमेको छ । यो टेस्टमा नितिशकुमार रेड्डी र हर्षित राणाले भारतीय टोलीका लागि डेब्यू गरेका छन् । पहिलो खेलमा रोहित शर्मा अनुपस्थित छन् । त्यस्तै अष्ट्रेलियाका लागि नाथन म्याकस्विनीले डेब्यू गरेका छन् ।

यसपटक भारत निक्कै दबाबमा छ । यसअघि न्युजिल्यान्डसँग घरेलु मैदानमा भएको तीन खेलको टेस्ट शृङ्खलामा भारत ३–० ले पराजित भएको थियो । सन् २००० यता घरेलु मैदानमा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक थियो । अष्ट्रेलियासँगको यो टेस्ट शृंखलाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।

अस्ट्रेलियाले फाइनल पुग्न शृंखलाका बाँकी सातमध्ये पाँच जित्नुपर्नेछ । लर्डसमा आउँदो जुनमा हुने फाइनलमा पुग्न भारतले अहिलेको शृंखला ४–० ले जित्नुपर्नेछ । यी दुई देशबीचको दोस्रो खेल डिसेम्बर ६, तेस्रो खेल डिसेम्बर १४, चौथो खेल डिसेम्वर २६ र पाँचौ तथा अन्तिम खेल जनवरी ३ तारिखमा शुरु हुनेछ ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट