Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

जागरण सभाको नाममा सडकमा प्रदुषण गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई तिरायो एक लाख रुपैयाँ जरिवाना


काठमाडौं, ७ मंसिर । काठमाडौं महानगरपालिका वडा नं १ को दरबारमार्गमा जागरण सभा आयोजना गरेको नेकपा (एमाले)लाई महानगरले एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ ।

एमालेले शुक्रबार सभा गर्ने क्रममा सडकपेटीमा जथाभावि फोहारमैला गरि वातावरण प्रदुषण गरेकाले उक्त जरिवाना तिराउने भएको हो ।

नेकपा (एमाले) को मुख्यालय च्यासललाई नगर प्रहरी निरीक्षक लिलाराज गाछाद्वारा लिखित पत्रमा भनिएको छ, ‘फोहोरमैला व्यवास्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’

 


क्याटेगोरी : पालिका, प्रदेश खबर, समाचार

प्रतिक्रिया


ताजा अपडेट