Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन


फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार परिवार घरविहीन भएका छन् ।

मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले आगलागीबाट झण्डै एक हजार घरटहरा जलेर नष्ट भएका जानकारी गराएका चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको बस्तीको आगो निभाउन हेलिकप्टरहरू पठाएको थियो । फिलिपिन्सको तटरक्षक बलले पनि आगो निभाउन चारवटा दमकल खटाएको जनाएको छ ।

आगो निभाउन झण्डै ३० वटा दमकल घटनास्थलमा खटिएका थिए । तर खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलिएको रामोसले बताए । साँघुरो सडकका कारण आगो निभाउन समय लागेको हो ।

आगलागीपछि भागेका मानिसहरु सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको सिन्हवाले उल्लेख गरेको छ ।

आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका र आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #Agolagi

प्रतिक्रिया


ताजा अपडेट