Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

जनयुद्धका योद्धा खाडीमा, नाति पुस्तालाई अवसर !


स्थानीय तहको उपनिर्वाचन यही मंसिर १६ गते आइतबार हुँदैछ । यस पटकको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले केही स्थानमा नेकपा (समाजवादी)सँग तालमेल गरेको छ । नेपाली कांग्रेस एक्लै भिड्दै छ भने नेकपा (एमाले) पनि एक–दुई स्थानमा बाहेक एक्लै नै छ । उपनिर्वाचनमा अन्य दलका कुरा नगन्य नै छन् ।

पटक–पटकका निर्वाचनमा आफ्नो स्तर गुमाउँदै गएको नेकपा (माओवादी केन्द्र) र यसका नेता तथा आलोचनात्मक चेत गुमाएका केही अन्धभक्त कार्यकर्ता र तिनैको घेराभित्र रमाएर बसेको नेतृत्व कहिल्यै पनि सुध्रिन नचाहँदा माओवादी केन्द्र सरकार बनाउने र गिराउने ‘म्याजिक नम्बर’ आफूहरुसँग छ भन्दै ‘बार्गेनिङ’ गर्ने तहमा पुगेको र यसैमा रमाउँदै बस्नु परेको अवस्था छ । माओवादीको नेतृत्वमा मौलाउँदै गएको नातावाद र परिवारवादले गर्दा यो पार्टीका आलोचनात्मक समर्थकहरु र मतदाताहरु निरस बन्दै गएका छन् ।

नेपालका कम्युनिष्ट पार्टीहरु सबै सिद्धान्तबिहीन भएको अवस्थामा र सबै कमाउ धन्दामा लागेर बिग्रिएको अवस्थामा तुलनात्मक रुपले माओवादी अझै अरुभन्दा कम नै बिग्रिएको विश्लेषण गर्दै बाँकी रहेका समर्थकहरु चित्त बुझाएर यही पार्टीमा रहनुपर्ने बाध्यात्मक अवस्था छ । किनकी यसको बिकल्पमा अर्को राम्रो कम्यिुनिष्ट पार्टी अझै नेपालमा स्थापना भएकै छैन भन्दा पनि हुन्छ । अलि बुझ्ने भाषामा भन्नुपर्दा नेपालका सबै बिग्रिएका कम्युनिष्ट पार्टीहरुभन्दा अलि कम सडेको पार्टी माओवादी भएकाले अहिलेसम्म यसले जनताबाट ‘म्याजिक नम्बर’ प्राप्त गरेको हो ।

‘छोटे कमरेडहरु’को अझै पनि दादागिरी, मपाईँत्व, डनगिरी कायमै छ । जनयुद्धपछि केही वर्ष व्यवसायीहरुलाई धम्क्याएर र चन्दा असुली गरेर खान पल्किएका ‘राते’हरु रक्तचन्दन अवैध ओसारपसारमा संलग्न भए । त्यो बाटो बन्द भएपछि तिनै केही उपल्लो तहका नेताका छोराहरु सुन तस्करीमा सामेल भए । जनयुद्ध लडेर कमाएको आफ्नो ‘मान’ र ‘शान’लाई केही नेताले तस्करीमा रुपान्तरण गरे । जनयुद्धलाई व्यक्तिगत फाइदाका लागि दुरुपयोग गरे ।

अझै कुरा गरौँ माओवादीकै । २०५२ सालमा समानता र साम्यवादको नारा लगाएर जनयुद्ध थालनी गरेको माओवादी १० वर्षे जनयुद्ध विस्तृत शान्ति सम्झौतामार्फत अन्त्य गर्दै मूलधारको राजनीतिमा आएको हो । मूल धारको राजनीतिमा प्रवेश गरेको माओवादीका केही भातृ संस्थाका नेता र मूल नेतृत्वको आशीर्वादमा बाँचिरहेका (जिविकोपार्जन चलाइरहेका) ‘छोटे कमरेडहरु’को अझै पनि दादागिरी, मपाईँत्व, डनगिरी कायमै छ । जनयुद्धपछि केही वर्ष व्यवसायीहरुलाई धम्क्याएर र चन्दा असुली गरेर खान पल्किएका ‘राते’हरु रक्तचन्दन अवैध ओसार-पसारमा संलग्न भए । त्यो बाटो बन्द भएपछि तिनै केही उपल्लो तहका नेताका छोराहरु सुन तस्करीमा सामेल भए । जनयुद्ध लडेर कमाएको आफ्नो ‘मान’ र ‘शान’लाई केही नेताले तस्करीमा रुपान्तरण गरे । जनयुद्धलाई व्यक्तिगत फाइदाका लागि दुरुपयोग गरे । नत्र नागरिकले कम्युनिष्ट पार्टीको अर्को बिकल्पका बारेमा सोच्नुपर्ने बेला अहिल्यै आएको थिएन ।

उतिबेला जनयुद्ध लडेका कैयौँ योद्धा तथा कार्यकर्ता अहिले वैदेशिक रोजगारीमा खाडी मुलुकमा सस्तो मूल्यमा श्रम बेच्न पुगेका छन् । केही युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका उन्नत मुलुकमा पनि पुगेका छन् । अझ कतिपय त आफ्नो गुजारा धान्न युक्रेन–रसिया युद्धमा भाडाका सिपाही बन्न बाध्य छन् । माओवादीका उपल्लो तहका नेताका छोराछोरी मात्र होइन, क्रान्तिमा कुनै योगदान नगरेका उनीहरुका नाति-नातिना पुस्तालेसमेत जनयुद्धको नाममा सरकारी नियुक्ति, रोजगारी र सुविधा प्राप्त गरेका छन् । माओवादी पार्टीको नाति–नातिना पुस्ता पार्टीको नाम भँजाएर चीन लगायतका देशमा निःशुल्क अध्ययनका लागि गएका छन् । त्यसको सहजिकरण उनीहरुकै हजुरबाहरुले गरिदिएका छन् । यता, जनयुद्ध लडेका तर स्वाभिमान नगिराएर नेताको दौराको फेरो नसमातेका ‘क्याडर’हरु बाँचेर पनि मरेतुल्य भइरहेका छन् ।

एउटा यस्तो अन्धभक्त जमात माओवादीभित्र हावि छ कि, उसले पार्टी अध्यक्ष लगायत उपल्लो तहका केही नेताको चकरी गरेरै आफ्नो गुजारा चलाइरहेको छ । त्यो जमात अध्यक्षका छोरी, ज्वाईँ, नाति, नातिनीहरुलाई आफ्ना साख्खे दिदी, भिनाजु, भन्जा, भान्जीलाई भन्दा बढि साइनो लगाएर खुट्टाको पानी खाइरेको छ । उनीहरुको जयजयकार गर्दै त्यो जमातले अध्यक्षको शयनकक्षसम्मै आफ्नो सहज पहुँच बनाएको छ । त्यस्ता अन्धभक्तहरुले पार्टीका बिभिन्न चरणमा आयोजना भए/गरेका कार्यक्रम, आन्दोलन, अभियान आदिको ठेक्का लिएर मोटो रकम कुम्ल्याइरहेको छ ।

एउटा यस्तो अन्धभक्त जमात माओवादीभित्र हावि छ कि, उसले पार्टी अध्यक्ष लगायत उपल्लो तहका केही नेताको चकरी गरेरै आफ्नो गुजारा चलाइरहेको छ । त्यो जमात अध्यक्षका छोरी, ज्वाईँ, नाति, नातिनीहरुलाई आफ्ना साख्खे दिदी, भिनाजु, भन्जा, भान्जीलाई भन्दा बढि साइनो लगाएर खुट्टाको पानी खाइरेको छ । उनीहरुको जयजयकार गर्दै त्यो जमातले अध्यक्षको शयनकक्षसम्मै आफ्नो सहज पहुँच बनाएको छ । त्यस्ता अन्धभक्तहरुले पार्टीका बिभिन्न चरणमा आयोजना भए/गरेका कार्यक्रम, आन्दोलन, अभियान आदिको ठेक्का लिएर मोटो रकम कुम्ल्याइरहेका छन् । अध्यक्ष तथा उपल्लो तलहको नेतृत्वलाई ‘बक्सिस’ बुझाएर निर्वाचनामा टिकट हत्याउन पनि एउटा गिरोह वर्षौँदेखि सकृया छ ।

समाज, राष्ट्र रुपान्तरणको नारा लिएर अगाडि बढ्ने उद्घोष गरेको पार्टी नेकपा (माओवादी केन्द्र) यसरी पतनको दिशामा अग्रसर हुँदा त्यसभित्रका इमान्दार, कर्मठ नेता तथा कार्यकर्ताहरुले पार्टीको मूल नेतृत्वलाई लेखेर र बोलेर सही ट्रयाकमा ल्याउन जरुरी छ । यस पंक्तिकारको यो आलेखलाई पनि नेतृत्वले त्यही हिसावले बुझ्न सकेको खण्डमा माओवादी पार्टीमा केही सुधार आउँनेथियो कि !

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #janayuddha, #jwala, #maobadi, #maoist, #nati, #phadindra phuyal

प्रतिक्रिया


ताजा अपडेट