Techie IT
Samayabaddha
बिहीबार, ११ पुस, २०८१

पाकिस्तानमा साम्प्रदायिक झडपमा परेर ज्यान गुमाउनेको संख्या ८८ पुग्यो


इस्लामावाद, ११ मंसिर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठुलो हताहत भएको थियो ।

यस आक्रमणले सिया र सुन्नी समुदायहरूबीच साम्प्रदायिक हिंसाको लहर निम्त्याएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणले मृतकको सङ्ख्या अझै बढ्दै गएको छ ।

हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । रासस. सिन्ह्वा


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट