Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

‘बीआरआई’ मा सरकारले ऋण लिँदैन : मन्त्री गुरुङ


काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटभ’ (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो हप्ता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने मन्त्री गुरुङले बताए ।

आज काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा उनले बीआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको तर सरकार सम्झौता गरिहाल्नुपर्छ भन्नेमा नरहेको बताए । ‘एमओयू’ गरेकाले कार्यान्वयन गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । उनले सरकारको नीति जहाँबाट पायो त्यहाँबाट ऋण लिने नभएको दोहोर्‍याए ।

चीनले अनुदान दिएमा त्यो स्वीकार गर्ने र त्यसमा सम्झौता हुनसक्ने मन्त्री गुरुङले बताए ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट